आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १४, २०७९
|
|
५१ पटक हेरिएको
Shares
आज बडादशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिंदै

सारांश

  • काठमाडौं।
  •  बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।
  • धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिएको हो ।

काठमाडौं। बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिएको हो ।

स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास छ । आज नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा नित्य पूजा गरिदैछ ।

कोरोना संक्रमणको दर कम भएसँगै देशभरका शक्तिपिठहरुमा भक्तजनहरुको विशेष चहलपहल छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमदद्देवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
नगरवासी भन्छन् :  साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!
नगरवासी भन्छन् : साथी भएन ‘प्रहरी मेरो साथी’ अभियान !!!
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पाए विश्वासको मत
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्: राष्ट्रपति भण्डारी
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !
मोदी दोस्रो कार्यकालमा नेपाल नआउने सम्भावना !
फिफाले छान्यो उत्कृष्ट खेलाडीकालागि यी तीन जनाको नाम, मेसी परेनन्
फिफाले छान्यो उत्कृष्ट खेलाडीकालागि यी तीन जनाको नाम, मेसी परेनन्
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !