ओखलढुंगा प्रदेश क मा बलियो उम्मेदवारका रुपमा एमालेका अम्बिरबाबु गुरुङ
सारांश
- ओखलढुंगा ।
- आसन्न निर्वाचनका लागि ओखलढुंगा जिल्ला प्रदेश क मा पूर्व भौतिक पूर्वाधार तथा विकास प्रदेश मन्त्री समेत रहेका अम्बिरबाबु गुरुङ बलियो उम्मेदवारका रुपमा देखा परेका छन ।
- गुरुङको प्रतिस्पर्धामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वमान काग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवार चुनावी मैदानमा छन ।
ओखलढुंगा । आसन्न निर्वाचनका लागि ओखलढुंगा जिल्ला प्रदेश क मा पूर्व भौतिक पूर्वाधार तथा विकास प्रदेश मन्त्री समेत रहेका अम्बिरबाबु गुरुङ बलियो उम्मेदवारका रुपमा देखा परेका छन । गुरुङको प्रतिस्पर्धामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वमान काग्रेस जिल्ला सभापति प्रदीप कुमार सुनुवार चुनावी मैदानमा छन ।
प्रदेश क मा उम्मेदवारी दिएका गुरुङले एमालेको इतिहासमै नाम लेखाएका थिए । नेपाली कांग्रेसको गड मानिने ओखलढुंगा २०७४ को निर्वाचनमा काग्रेसको गढ भत्काउन सफल भएसंगै उनी प्रदेश मन्त्री समेत बनेका थिए । जिल्लामा हालसम्म कम्युनिष्टहरुको तर्पmबाट कुनै पनि मन्त्री बनेका थिएनन । गुरुङले निर्वाचन जितेसंगै मन्त्री बनेर जिल्लाका विभिन्न विकासका योजनाहरु मिलाउने तथा बजेट विनियोजन गर्ने जस्ता महत्वपूर्ण काम गर्दै आएका थिए ।
गुरुङले जिल्लामा राम्रा काम गर्दै भष्ट्रचारलाई नियन्त्रण गर्ने प्रयास समेत गरेका थिए । स्थानीय जनताको ढुकढुकी बनेका गुरु पुन नेकपा एमालेका प्रदेश उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन । काग्रेसभित्रको तिक्तता र माओवादीका नेताहरुले गरेको भष्टचारका कारण पुन गुरुङकै पक्षमा मत खस्ने अडकल गरिएको छ ।
गुरुङको प्रतिस्पर्धामा उत्रिएका नेपाली काग्रेसका उम्मेदवार प्रदीप सुनुवारले आफनै पार्टीभित्र गुठबन्दी गर्ने गरेको र सुनुवार आफनै कारण मत तान्न नसक्ने अवस्थामा देखिएका छन । सुनुवार हिजो पार्टी सभापति हुदैगर्दा काग्रेसलाई गुठरहित बनाउनुको सट्टा आफनो पक्षलाई मात्र हरेक क्षेत्र निकायमा उभ्याउनुले सुनुवारको पक्षमा कम मत खस्ने देखिएको छ ।
गठबन्धन गरेर साझा उम्मेदवारका रुपमा सुनुवार चुनावी मैदानमा उत्रिए पनि सुनुवारले स्थानीय तहको निर्वाचनमा आफनै गृह पालिका खिजिदेम्बामा आफनो पार्टी काग्रेसलाई जिताउन सकेनन ।
खिजिदेम्बा जिल्लाकै काग्रेसको बढी मत भएको पालिका हो तर त्यही पालिका त्यसमा पनि निवर्तमान काग्रेसका सभापति तथा केन्द्रीय सदस्य समेत बनेका सुनुवारले आफनै पार्टी काग्रेसलाई जिताउन नसक्नु काग्रेस उम्मेदवार सुनुवार कमजोरको पाटोमा देखिन्छन ।
एमालेका उम्मेदवार गुरुङ ओखलढुंगे जनताको लोकप्रिय पात्र बन्दै गएका कारण आगामी मसिंर ४ गते हुने निर्वाचनमा पनि ओखढुंगा प्रदेश क मा एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङको सम्भावना बलियो देखिन्छ ।
(Ativan)
प्रतिक्रिया