केशव लम्साल बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २, २०७९
|
|
१८ पटक हेरिएको
Shares
केशव लम्साल  बने एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनीबाट सञ्चालक

सारांश

  • काठमाडौ ।
  • राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक रुपमा नियुक्त भएका छन् ।
  • बैंकको सञ्चालक समितिको बुधबार बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक रुपमा नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको बुधबार बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?