इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
सारांश
- इलाम।
- इलाम-१ मा गठबन्धनबाट चुनाव लडिरहेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल नेकपा एमालेका महेश बस्नेतबाट फराकिलो मतान्तरले पराजित हुने फ्याक्ट्स नेपालको सर्वेक्षणले देखाएको छ।
- निजी अनुसन्धान संस्था फ्याक्ट्स नेपालले आइतबार मत खसालेर फर्केका मतदाताहरूसँग गरेको सर्वेक्षण (एक्जिट पोल) का आधारमा उक्त प्रक्षेपण गरेको हो।
इलाम। इलाम-१ मा गठबन्धनबाट चुनाव लडिरहेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल नेकपा एमालेका महेश बस्नेतबाट फराकिलो मतान्तरले पराजित हुने फ्याक्ट्स नेपालको सर्वेक्षणले देखाएको छ।
निजी अनुसन्धान संस्था फ्याक्ट्स नेपालले आइतबार मत खसालेर फर्केका मतदाताहरूसँग गरेको सर्वेक्षण (एक्जिट पोल) का आधारमा उक्त प्रक्षेपण गरेको हो।
संस्थाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक्जिट पोलको नतिजाअनुसार इलाम- १ मा एमालेका महेश बस्नेत ५६ प्रतिशत मत ल्याएर विजयी हुने देखिएको छ भने एकीकृत समाजवादीका खनालले जम्मा २७ प्रतिशत मत ल्याउने छन्।
फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी मनिष झाका अनुसार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने २० वटा वडामा उक्त सर्वेक्षण गरिएको थियो। मतदान सुरू भएपछि तीन घन्टाको फरकमा तीनचोटि गरिएको सर्वेक्षण क्रममा प्रत्येक वडामा ६० जना मतदातासँग कुराकानी गरिएको झाले बताएका छन्।
सर्वेक्षणले नेपाली कांग्रेस (बिपी) का गणेशप्रसाद पौडेलले ८ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटाले ६ प्रतिशत मत ल्याउने नतिजा देखाएको छ।
सर्वेक्षणअनुसार जनता समाजवादी पार्टीका कमलकुमार राईले १ प्रतिशत र अन्य उम्मेदवारहरूले ३ प्रतिशत मत ल्याउने सर्वेक्षणले जनाएको छ।
निर्वाचनअघि खनालले आफू ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताएका थिए।
‘मसँग अनुभव छ, देश बनाउने योजना छ। त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्याउँछु,’ उनले भनेका थिए।
इलाम क्षेत्र नम्बर १ मा सोचेजस्तो विकास हुन बाँकी रहेको खनालको भनाइ थियो, ‘लामो समयदेखि मैले प्रयास गर्दा पनि अपूरो रहेको काम गर्न यहाँका जनताले पुनः एकपटक मलाई निर्वाचित गराउनुहुनेछ। भएका काम धेरै छन्, हुन बाँकी पनि छन् त्यो अभिभारा पूरा गर्न जनादेश लिएर जाँदैछु।’
binance koda
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?