निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

सारांश

  • काठमाडाैं।
  • यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ।
  • निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

काठमाडाैं। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ४४, नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १५, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी ६, जनता समाजवादी पार्टी दुई तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी एक\एक र पाँच स्वतन्त्र उम्मेदवार विभिन्न क्षेत्रबाट विजयी भएका छन्।

कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, दीपक खड्का, डा शेखर कोइराला, रामहरि खतिवडा, दिनेशकुमार यादव, रामकृष्ण यादव, देवप्रसाद तिमलसेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, मोहन आचार्य, प्रकाशमान सिंह, सन्तोष चालिसे, प्रदीप पौडेल, राजेन्द्रकुमार केसी, दुर्लभ थापा क्षेत्री विजयी भएका छन्।

यस्तै उदयशम्शेर राणा, टेकबहादुर गुरुङ, शङ्कर भण्डारी, राजु थापा, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, किशोरसिंह राठोर, सञ्जयकुमार गौतम, पूर्णबहादुर खड्का, हृदयराम थानी, पुष्पबहादुर शाह, डिल्लीराज पन्त र दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन्।

एमालेबाट अध्यक्ष केपी शर्मा ओली, योगेशकुमार भट्टराई, देवराज घिमिरे, राजेन्द्रकुमार राई, ऋषिकेश पोखरेल, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशङ्कर यादव, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो (महासेठ), हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, राजकुमार गुप्ता, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकुलप्रसाद बाँस्कोटा, पृथ्वीसुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी, गोकर्णराज विष्ट, नारायणप्रसाद आचार्य, ठाकुरप्रसाद गैरे, टोपबहादुर रायमाझी, वासुदेव घिमिरे, सूर्यबहादुर थापा, सूर्यप्रसाद ढकाल र दामोदर भण्डारी निर्वाचित भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती र महेन्द्रबहादुर शाही विजयी भएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोबिता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ र तोसिमा कार्की निर्वाचित भएका छन्।

राप्रपाका राजेन्द्र लिङ्देन, धवलशमशेर राणा, दीपकबहादुर सिंह र ज्ञानेन्द्रबहादुर शाही तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी भएका छन्। जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव र वीरेन्द्रप्रसाद महतो, तथा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत तथा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित भएकाे आयोगले जनाएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    inscreva-se na binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    open a binance account

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    Lorenzo

    My brother recommended I might like this web site.
    He was once totally right. This put up truly made my
    day. You cann’t believe simply how much time I had spent
    for this information! Thank you!

    My website; item670446467

    Comment Author

    binance алдым-ау коды

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    Zarejestruj sie na www.binance.com

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?