महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा
सारांश
- काठमाडौं – महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् ।
- सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ ।
काठमाडौं – महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सरकारका कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) खातीले पदबाट राजीनामा दिएका हुन् ।
सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) पनि फेरिने प्रचलन छ । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले खातीलाई २०७८ साउन १ गते आफ्नो सरकारको कानुनी सल्लाहकार (महान्यायाधिवक्ता) नियुक्त गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया