सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १६, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।
  • एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो ।

काठमाडौं । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।

विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ ।

एमालेका उपमहाचिव प्रदीप ज्ञवालीले आइतबार एक कार्यक्रममा बोल्दै सत्ता गठबन्धन टुटाएर मुलुकलाई अस्थिर बनाउने खेल सुरु भएको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र वर्तमान सत्ता गठबन्धन टुटाएर अर्को गठबन्धन बनाउन लागेको र त्यसले अस्थिरता सिर्जना हुने उनको भनाइ थियो ।

स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् ।

यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षमा छन् । तर, प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन फेर्न राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले विभिन्न किसिमको दबाब दिइरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार कांग्रेस र एकीकृत समाजवादीका नेता राष्ट्रपति निर्वाचनसँगै गठबन्धन टुटाउन अग्रसर हुन थालेका छन् । यसका लागि कांग्रेस र एकीकृत समाजवादीका नेता रातदिन भेटघाट र योजना बनाउने कार्यमा सक्रिय भइरहेका स्रोतको दाबी छ ।

प्रचण्डको नेतृत्वमा सरकार गठन हुनुअघि एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति भएको थियो ।

सो सहमतिअनुसार सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । राष्ट्रपति चयन हुन बाँकी रहँदा एमाले र माओवादीबीच राष्ट्रपतिको विषयलाई लिएर विवाद बढाउन शक्तिकेन्द्र दौडधुपमा लागेको स्रोतको दाबी छ ।

कांग्रेस र एकीकृत समाजवादीका नेता एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको विषयमा गरिएको सहमति तोड्न सकेमा वर्तमान सत्ता समीकरण स्वतः भत्कने विश्वासमा छन् । त्यसैले, उनीहरू राष्ट्रपति एमालेलाई नदिने वातावरण बनाउन सक्रिय रहेका बताइन्छ ।

स्रोतका अनुसार माओवादी केन्द्रलाई प्रयोग गरेर एमालेबाट राष्ट्रपतिमा उम्मेदवार बनेकालाई पराजित गर्नसके एमाले स्वतः सत्ताबाट बाहिरिने र वर्तमान सत्ता समीकरण टुट्न सक्ने विश्वास उनीहरूको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरण टुटाउन आफू निकटस्थलाई दौडधुपमा लगाइरहेका छन् । उता सत्ता समीकरणको दोस्रो ठूलो घटक दल माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकार, शक्ति बस्नेत, अग्नि सापकोटा, कृष्णबहादुर महरालगायतका नेता एमालेसँगको सत्ता समीकरण भत्काएर कांग्रेससँगको नयाँ सत्ता समीकरण बनाउने योजनामा लागेको माओवादीनिकट स्रोतले जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै नयाँ सत्ता समीकरण बनाउने आन्तरिक गृहकार्य थालेको थियो ।

कांग्रेसभित्र संस्थापनइतरका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेता भने प्रचण्डलाई विश्वासको मत दिन नहुने र सत्ताको खेलमा अल्झन नहुने पक्षमा थिए । तर, उनीहरूको अवाज पार्टीभित्र निम्सरो बन्न पुगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अझै सम्पन्न भएन शीतभण्डार
अझै सम्पन्न भएन शीतभण्डार
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिँदै माधव नेपाल
एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिँदै माधव नेपाल
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण  (फोटोफिचर)
स्व.सुवासचन्द्र नेम्वाङलाई पार्टीका नेताहरुद्वारा श्रद्धाञ्जली अपर्ण (फोटोफिचर)
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’
‘कोभिड–१९ परीक्षणको बहाना गर्दै कतारले निकाल्यो आप्रवासी कामदार’
मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना
मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना