नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
४७ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडकखण्ड : भित्तो काट्ने तयारी

सारांश

  • काठमाडौं ।
  • नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ ।
  • पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । 

तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले बताए । “तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ”, उनले भने । दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ । दायाँतर्फ ६० मिटर अग्लो चट्टानको थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विस्फोट गराउन अनुमति मागेको आचार्यले बताए ।

आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ । त्यहाँबाट स्वीकृत भएपछि विस्फोटक पदार्थ खरिदका लागि प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । रातको समयमा काम गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । जटिल ठाउँमा भएकाले घटना हुनसक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन ।

यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ । अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ । दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ । पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भइरहेको छ । दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ । यही गतिमा काम भएमा थप दुई महिना सवारी रोक्नुपर्ने देखिएपछि विस्फोटको विकल्प खोजिएको हो ।

डाँडो तल झरेकाले विस्फोट गर्दा कम क्षति हुने जनाइएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो ।

विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम सुरु भएको छैन । पुलको छेउमा सुकुम्बासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ । कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो । पुल निर्माण २०८० पुससम्म सम्पन्न गर्नुपर्ने छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको छ । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि लागत रु एक अर्ब २२ करोड हाराहारी छ ।

सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्छन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर
जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना
उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
काठमाडौँ महानगरले साउन २० गते छात्रवृत्तिका लागि परीक्षा लिने
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
प्रदेश लोकसेवा विधेयक तयार हुँदै, जुनसुकै प्रदेशमा जागिर खान पाइने
पहिलोपटक वेबसिरिजमा देखिदैँ श्वेता, पोस्टर सार्वजनिक
पहिलोपटक वेबसिरिजमा देखिदैँ श्वेता, पोस्टर सार्वजनिक
नेपाली बजारमा प्रतिबन्धित र गुणस्तरहीन भारतीय खानेतेल
नेपाली बजारमा प्रतिबन्धित र गुणस्तरहीन भारतीय खानेतेल