उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
२३ पटक हेरिएको
Shares
उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक जारी

सारांश

  • काठमाडौँ ।
  • सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

काठमाडौँ । सत्ता साझेदार दलहरूले गठन गरेका उच्चस्तरीय राजनीतक संयन्त्रको बैठक बालुवाटारमा जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको प्रभावकारिता, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरूले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले उक्त संयन्त्रको गठन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?