विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए

सारांश

  • मलङ्गवा ।
  • लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।
  • नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

मलङ्गवा । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सहअध्यक्ष राजेशकुमार यादवले बताए ।

मङ्गलबार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइएको थियो । नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् ।

शिक्षकहरुको समस्या समाधान चाँडै गरिने नगर उपप्रमुख पुनम कर्णले बताइन् । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उपप्रमुख कर्णको भनाइ छ । कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन् । करिब १५–२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अबको २० दिनभित्र नयाँ सरकार बन्ने ओलीको घोषणा, कांग्रेसले २५ सिट नकटाउने दाबी (भिडियोसहित)
लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने
२०१८ का ६ चर्चित विवाह (फोटोफिचर)
२०१८ का ६ चर्चित विवाह (फोटोफिचर)
क्याबिनेट बस्ने अनिश्चित भएपछि भोलीदेखि प्राधिकरणबाट विदा हुँदै कुलमान
क्याबिनेट बस्ने अनिश्चित भएपछि भोलीदेखि प्राधिकरणबाट विदा हुँदै कुलमान
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…
उपराष्ट्रपति पुनले वाइनको गिलास उठाउन नजान्दा…
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री
अाफैले गरेको निर्णय उल्टाउदै वर्षमान पुन !

तपाईंले छुटाउनुभयो कि?