आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक हर्षित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक हर्षित

सारांश

  • उदयपुर ।
  • उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुशी भएका छन् ।
  • त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाको हडिया, जोगीदह, बसाहा क्षेत्रमा अहिले आँप र लिचीका बोटमा फूल राम्रैसँग फुलेपछि कृषक राम्रै उत्पादन हुनेमा आशावादी भएका छन् ।

उदयपुर । उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुशी भएका छन् ।

त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाको हडिया, जोगीदह, बसाहा क्षेत्रमा अहिले आँप र लिचीका बोटमा फूल राम्रैसँग फुलेपछि कृषक राम्रै उत्पादन हुनेमा आशावादी भएका छन् ।

त्यसैगरी बेलका नगरपालिका क्षेत्रको पुरनदह, तपेस्वरी, भागलपुरसहितका सिवाइ सुन्दरपुर क्षेत्रमा अहिले आँपका बोटमा स–साना फल लाग्न थालेको छ । त्रियुया नगरपालिका–२ खैजनपुरका कृषक देवकृष्ण राजधामी भन्छन्, “विगतमा भन्दा यसपटक आँप र लिचीका बोट धेरै फुलेर फल लागेका छन्, हावाहुरीले बिगारेन भने आँप र लिचीको उत्पादन धेरै हुन्छ ।”

चौदण्डीगढी नगरपालिका–५ सिवाइ सुन्दरपुरका कृषक देवनारायण चौधरीले पाँच वर्षमा अहिले आँप र लिचीको राम्रो फूल फुलेको छ भने । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार सात सय ७० हेक्टर क्षेत्रफलमा आँपखेती र एक सय ५० हेक्टर क्षेत्रफलमा लिचीखेती गरिएको छ ।

वर्षाले क्षति नगरे यसवर्ष आँप र लिचीको राम्रो उत्पादन हुनेमा आशावादी भएको ज्ञान केन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?