मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

सारांश

  • गण्डकी ।
  • गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन्।
  • आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै छन्। आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । साठी सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्दै आफूले २९औँ दिनमा विश्वासको मतको सामना गर्न लागेको बताए । प्रदेशसभाको अङ्कगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । सरकार गठनका लागि निर्णायक माओवादी केन्द्रले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ ।

प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य हुन् । मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनेछन् । वर्तमान सरकार ढलेपछि संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसी सेना युक्रेनको किभबाट पछि हट्दै
रुसी सेना युक्रेनको किभबाट पछि हट्दै
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
बाल यौन दुराचारमा रंगेहात समातिएका पूर्व युएन अधिकारी जेल चलान,यस्ताे छ उनकाे नालिबेली
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमतीसहित तीन जना सार्वजनिक
सफल होला त अनमोल र नीतिको जोडी
सफल होला त अनमोल र नीतिको जोडी
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
करौडौ बौधलम्बी र हिन्दूलम्बीलाई दुखी बनाउने यो तस्बिर…
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक
श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक

तपाईंले छुटाउनुभयो कि?