चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
५० पटक हेरिएको
Shares
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….

सारांश

  • काठमाडौ : चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी दिएको छ ।
  • सीमावर्ति डोक्लम क्षेत्रबारे उत्पन्न भारत-चीन तनावले दुई एसियाली मुलुकबीच युद्द हुनसक्ने अड्कल बाजी भइरहंदा चीनको पछिल्लो प्रतिक्रिया आएको हो ।
  • चीनले आवश्यक परे आफ्नो राष्ट्रिय अखण्डता र स्वार्थको रक्षाका लागि जनमुक्ति सेना कार्वाहीमा उत्रन सक्ने बताएको छ ।

काठमाडौ : चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी दिएको छ । सीमावर्ति डोक्लम क्षेत्रबारे उत्पन्न भारत-चीन तनावले दुई एसियाली मुलुकबीच युद्द हुनसक्ने अड्कल बाजी भइरहंदा चीनको पछिल्लो प्रतिक्रिया आएको हो ।चीनले आवश्यक परे आफ्नो राष्ट्रिय अखण्डता र स्वार्थको रक्षाका लागि जनमुक्ति सेना कार्वाहीमा उत्रन सक्ने बताएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वामा मंगलबार साँझ प्रकाशित सम्पादकीयमा भारत बिरुद्ध चीनको जनमुक्ति सेना परिचालन हुनसक्ने उल्लेख छ । चीनले आफूलाई कम नआक्न भारतलाई चेतावनी दिएको छ ।राष्ट्रिय सावैभौमिकता, सुरक्षा र विकासका हितको रक्षाका लागि चिनियाँ सेनाको निर्माण भएको सम्पादकीयमा उल्लेख छ । ‘आजका मितिसम्म चिनियाँ फौज अधिकतम सहेर बसेको छ । तर सहनशीलताको पनि सीमितता हुन्छन् । त्यसरी चुप बस्ने संभावना हरेक दिन कम हुंदै जान्छन्’ सम्पादकीयमा भनिएको छ ।‘अन्ततोगत्वा चीनले आफ्नो हितका लागि जे गर्नुपर्छ,त्यो गर्ने नै छ’ सम्पादकीयमा भनिएको छ ‘भारतले भ्रमहरु त्यागोस् र कहालीलाग्दो परिणाम आउनबाट आफूलाई बेलैमा टाढा राखोस् ।’

पछिल्लो यो आलेखमार्फत् चीनको दृढता र सार्वभौमसत्ता तथा राष्ट्रिय स्वार्थको जगेर्ना गर्ने चीनको शक्तिलाई अवमूल्यन नगर्न भारतलाई चेतावनी दिइएको छ। भारतले डोक्लाम क्षेत्रमा गत जुनदेखि सैन्य उपस्थित कायम राखेका कारण चीनको सार्वभौमिकतामा आँच पुगेको मात्र नभई क्षेत्रीय स्थीरताका लागि ठूलो चुनौती पैदा गरेको उक्त सम्पादकीयमा उल्लेख छ ।‘डोक्लामलाई भारत र अन्र्तराष्ट्रिय समुदायले चीनको तिब्बत अन्र्तगतको सार्वभौम भूभागको मान्यता दिइसकेको अवस्था छ’ अगाडी भनिएको छ ।

यदी डोक्लाममा सीमा विवाद भएपनि त्यो चीन र भुटानबीचको मात्र मुद्दा हुनुपर्ने सिन्ह्वाले लेखेको छ ।‘डोक्लाममा भारतको कुनै सरोकार छैन’ सिन्ह्वा लेख्छ ‘चीनले भुुटानलाई स्वतन्त्र सार्वभौम मुलुकका रुपमा सम्मान गर्छ र भारतले भुटानलाई पूर्ण रुपमा आफू संरक्षित राज्य मान्छ भने चीनले त्यसको बिरोध गर्छ ।’भारतले क्षेत्रीय शक्ति हुनुका नाताले कमजोर या शक्तिशाली जोसुकै आफ्ना छिमेकीसँग गैह्रजिम्मेवारपूर्ण तरिकाले आक्रमणमा उत्रिनुभन्दा पनि सभ्य तरिकाले व्यवहार गर्नुपर्ने भारतको दायित्व रहेको उक्त सम्पादकीयमा लेखिएको छ ।

‘भारत बच्कनापूर्ण अनुमान र मुर्खतापूर्ण कुरालाई आधार मानेर आफ्ना छिमेकीमाथि उत्रनु हुंदैन’ अगाडी लेखिएको छ ।चीनले डोक्लामबाट सैनिक फिर्ता नगरी नाजयज मागहरु तेस्र्याएर चीनसँग भिड्न खोजेका सम्पादकीयमा लेखिएको छ ।जुलाईसम्म ४० जना भारतीय सैनिकहरु चिनियाँ भूमि डोक्लाममै रहेको उसले लेखेको छ ।‘भारतले चीनले सो क्षेत्रमा सडक बनाएको गुनासो गरेको छ । तर भारत आफैँले त्यहाँ सडक बनाइरहेको र ठूलो संख्यामा भारतीय सैनिक परिचालन गरेको छ’ सम्पादकीयमा भनिएको छ ।

भारतले शान्ति चाहेको कुनै संकेत अहिलेसम्म नपाइएको आरोप सो सम्पादकीयमा लगाइएको छ ।‘पहिलो कुरा भारतले यदी शान्ति चाहेको थियो भने उसले त्यहाँ सैनिक नै परिचालन गर्नु हुने थिएन । तर अब भारतले तत्कालै विनासर्त आफ्नै सीमा क्षेत्रतर्फ सैनिक फिर्ता गर्नुको विकल्प छैन’ सम्पादकीयमा भनिएको छ ।‘भारतले यदी चीन सो ठाउँबाट हट्छ भन्ने सोचेको हो भने त्यो गलत हो । चीन त्यहाँबाट फिर्ता हुने वाला छैन । किनकी यो चीनले गरेको गल्ती होइन । चीन आफ्नो स्वार्थमा हानी पुग्ने काम गर्दैन’ अगाडी भनिएको छ । इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
सबै शवको मुचुल्का गरी काठमाडौँ पठाउने तयारी
आइतवार झापा जाँदै पूर्वराजा
आइतवार झापा जाँदै पूर्वराजा
नेकपा एमालेको भागमा १५ मन्त्री, योगेशदेखि पद्मा अर्यालसम्मको नाम ! (यस्तो छ सूचीमा)
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न उपसभामुख अस्पतालमा
अविवाहित, सम्बन्ध विच्छेद महिलालाई पनि भत्ता
अविवाहित, सम्बन्ध विच्छेद महिलालाई पनि भत्ता
सलमान खान: सय कराेड क्लबका अनवरत सदस्य
सलमान खान: सय कराेड क्लबका अनवरत सदस्य