बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज : उपचार खर्च ६५ हजार

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज :  उपचार खर्च ६५ हजार

सारांश

  • काठमाडौं ।
  • पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.
  • बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २० गते प्रोस्टेटको शल्यक्रियापश्चात चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल, भक्तपुरमा रहेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार भएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनलाई अझै दुई हप्ता घरमै आराम गर्न चिकित्सकको सल्लाह छ । उनको शल्यक्रिया डा. राकेशकुमार बर्माको टोलीले टीयुआरपी प्रविधिबाट गरेको थियो ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै विशिष्ट व्यक्तिहरुले सम्भव भएसम्मको उपचार स्वदेशमा गर्नुपर्ने बताए । उनले उपचारमा संलग्न चिकित्सक र टोलीलाई विशेष धन्यवाद दिए । शल्यक्रिया र उपचारका क्रममा ६५ हजार रुपैयाँ खर्च लागेको र औषधीमा २० हजार खर्च भएको उल्लेख गर्दै सबै खर्च आफैंले व्यहोर्ने र राज्यबाट कुनै आर्थिक सहयोग नलिने पनि बताए ।

पत्रकार सम्मेलनमा डा. राकेश बर्माले विशिष्ट व्यक्तिहरु सामान्य उपचारका लागि समेत विदेश गइरहेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मेजर शल्यक्रिया नेपालमै गराउँदा आफूलाई खुशी लागेको र हौसला मिलेको बताए । नेपाली चिकित्सकहरु पनि दक्ष रहेको बताउँदै उनले नेपाली चिकित्सकहरुलाई विश्वास गरेकोमा पूर्वप्रधानमन्त्री भट्टराईलाई विशेष धन्यवाद दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
काठमाडौँको मेयरमा कांग्रेसबाट सिर्जना सिंहको उम्मेदवारी
घर निर्माण गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
घर निर्माण गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
अाइतबारबाट मलेसियाका कामदारलाइ ५० हजार रिंगिट र ५ वर्षसम्मको जेल सजाय हुन सक्ने !
बिहीबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल
नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
लामो समयपछि भूकम्पले फेरी सम्झियो, दोलखामा ४ रेक्टर स्केलको परकम्प
दाेस्राे अाेएसनेपाल म्युजिक अवार्ड सम्पन्न, ७४ वटा विधामा अवार्ड वितरण
दाेस्राे अाेएसनेपाल म्युजिक अवार्ड सम्पन्न, ७४ वटा विधामा अवार्ड वितरण
दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ
दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन