निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
५५ पटक हेरिएको
Shares
निःशुल्क प्रवेश नपाएपछि निधिका अंगरक्षकले फनपार्कमा पेस्तोल ताके,

सारांश

  • २६ साउन, काठमाडौं ।
  • पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् ।
  • चोभारस्थित हुपिल्यान्ड एम्युजमेन्ट एण्ड बाट पार्कको टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी भई निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएका हुन् ।

२६ साउन, काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् ।

चोभारस्थित हुपिल्यान्ड एम्युजमेन्ट एण्ड बाट पार्कको टिकट काउन्टरका कर्मचारीले निःशुल्क प्रवेश नदिएपछि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा दरबन्दी भई निधिको अंगरक्षकमा खटिएका असई नागेन्द्र राउतले साथमा रहेको पेस्तोल ताकेर ज्यान मार्ने धम्की दिएका हुन् ।घटना हो, मंगलबार दिउँसो १ बजेको । प्रहरी प्रधान कार्यालयका अनुसार निधिका स्वकीय सचिव विश्वास विक्रम तथा उनको परिवार लिएर पेस्तोलसहित चोभार पुगेका असई राउतले आफू प्रहरी भएको भन्दै निःशु्ल्क प्रवेश गर्न खोजेका थिए । तर, नमिल्ने बताएपछि उनले पेस्तोल निकालेर उडाइदिने धम्की दिए । त्यसपछि पार्कमा हल्लाखल्ला मात्रै भएन, केही बेरमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट भ्यान आईपुग्यो । असई राउतलाई समेत पक्राउ गरी कीर्तिपुर प्रहरीले वृत्तमा पुर्यायो । तर, केही घन्टामै राउत नेताको दबाबमा छुटेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड
क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड
हमासका लडाकुहरूले इजरायलमा किन गरे भीषण आक्रमण
हमासका लडाकुहरूले इजरायलमा किन गरे भीषण आक्रमण
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे सेमिफाइनल र फार्इनल खेल अाज
चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने
चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
११३ अपराधमा संलग्न लेडी ग्याङ्स्टार ‘मम्मी’ पक्राउ !
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा