नयाँ योजना सम्झौता रोक्दै स्थानीय तह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
३४ पटक हेरिएको
Shares
नयाँ योजना सम्झौता रोक्दै स्थानीय तह

सारांश

  • त्रिवेणी ।
  • जिल्लामा रहेका स्थानीय तहले चालु आर्थिक वर्षका योजना कटौती गर्न थालेका छन् ।
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका स्थानीय तहले चालु आवमा सञ्चालन हुन बाँकी रहेका योजना कटौती गरी कार्यान्वयनमा रोक लगाउन थालेका हुन् ।

त्रिवेणी । जिल्लामा रहेका स्थानीय तहले चालु आर्थिक वर्षका योजना कटौती गर्न थालेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका स्थानीय तहले चालु आवमा सञ्चालन हुन बाँकी रहेका योजना कटौती गरी कार्यान्वयनमा रोक लगाउन थालेका हुन् ।

सङ्घीय सरकारबाट हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको अन्तिम किस्तामा ५० प्रतिशत कटौती हुनु, प्रदेश तथा सङ्घबाट प्राप्त हुनुपर्ने राजस्व बाँडफाँटमा तोकिएअनुसार रकम प्राप्त नहुँदा थप नयाँ योजना सम्झौता रोक्नुपर्ने अवस्था आएको कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बताए ।

नगरपालिकाको लक्ष्यअनुसारको आन्तरिक आम्दानी उठ्ने सम्भावनासमेत नदेखिएकाले चालु आर्थिक वर्षमा तय गरिएका र कार्यान्वयनमा नगएका थप योजना सञ्चालन गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । ‘केन्द्रबाट आउनुपर्ने रकम पनि कटौती भएको छ, आन्तरिक स्रोततर्फ लक्ष्यअनुसार राजस्व उठ्न सक्ने अवस्था देखिएको छैन, यसैले चालु आवका बाँकी योजना कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने ।

कावासोतीले चालु आर्थिक वर्षमा करिब रु १४ करोड आन्तरिक आम्दानीको लक्ष्य राखेकामा हालसम्म करिब रु पाँच करोड मात्रै आम्दानी भएको छ । यसले गर्दा आन्तरिक स्रोतबाट तय गरिएका करिब रु नौ करोड बराबरका योजना सञ्चालन हुनसक्ने अवस्था छैन । कावासोतीले नयाँ योजना सञ्चालन गर्न सक्ने अवस्था नभएपछि थप योजना तथा कार्यक्रम सम्झौता नहुने भनेर सूचना प्रकाशन गरेको छ ।

जिल्लाकै मध्यविन्दु नगरपालिकालेसमेत चालु आवमा आन्तरिक आम्दानी लक्ष्यअनुसार नभएको र सङ्घ र प्रदेशबाट आउनुपर्ने रकम घटेका कारण यही वैशाख २१ गते नै सूचना प्रकाशन गरी अर्को निर्णय नहुने समयसम्म नयाँ योजना सम्झौता र कार्यक्रम सम्झौता नहुने जनाएको छ ।

विनयी त्रिवेणी गाउँपालिकालेसमेत चालु आवमा सञ्चालन हुन बाँकी रहेका योजना कार्यान्वयनमा रोक लगाएको छ । नयाँ थप योजना सम्झौता नगर्ने भनी पालिकाले सूचना प्रकाशन गरेको छ । जिल्लामा रहेका आठ वटा पालिकामध्ये सबैजसो पालिकाले चालु आवमा तय गरेका धेरै योजना कटौती गरेका छन् ।

वित्तीय समानीकरण अनुदानको अन्तिम किस्तामा ५० प्रतिशत कटौती हुँदा पालिकाका योजना सञ्चालनमा कठिनाइ भएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । आन्तरिक आम्दानीसमेत घट्दा समस्या भएको उनको भनाइ छ ।

जग्गा कित्ताकाट रोकिनु, नदीजन्य पदार्थको खोला ठेक्का नलाग्नु लगायतले पालिकाको स्रोत घटेको हुँदा समस्या उत्पन्न भएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए ।

नवलपुरका धेरैजसो पालिकाको आन्तरिक आम्दानीको स्रोतमा नदीजन्य पदार्थ निकासी पर्ने गरेको थियो । तर चालु आवमा यहाँ रहेका खोलामा पूर्णरुपमा ठेक्का लाग्न सकेको छैन । यसले पालिकाले प्रक्षेपण गरेको आन्तरिक आम्दानी लक्ष्यअनुसार सङ्कलन हुनसक्ने अवस्था छैन । यसकारण चालु आवका योजना प्रभावित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशान्त सिंह राजपुतको कोठाको ताला फोड्नेले खोले यस्तो रहस्य
पार्टी र सरकार दुवैमा शक्तिशाली ओली
पार्टी र सरकार दुवैमा शक्तिशाली ओली
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी
रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै
एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु
यि हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरू (सुचिसहित)
यि हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरू (सुचिसहित)
बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए
बालकोट हत्या प्रकरण: स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए

तपाईंले छुटाउनुभयो कि?