कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

सारांश

  • महेन्द्रनगर ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् ।
  • उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् ।

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् ।

उनी श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुन् ।

विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय छन् । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखेँ”, उनले भने । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोले । वन विभागको अनुमति लिएका पन्तले भने, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।”

काठमाडौँमा छँदा विभिन्न बालीका विषयमा अनुसन्धानसमेत गरेका पन्तले सन् २०१६ मा दक्षिण भारतबाट तालिमसमेत लिए । हाल उनले झण्डै डेढ बिघा जग्गामा श्रीखण्ड, रक्तचन्दन र अगरउडको खेती गरेका छन् ।

“वार्षिक रु १८ लाखदेखि रु २० लाखसम्मको कारोबार हुन्छ”, पन्तले भने । महेन्द्रनगरेको भासीमा एक बिघा जमिन भाडामा लिएर उनले खेती गर्न थालेका हुन् । पन्तले भने, “व्यवसाय बढाउन जिल्ला वन कार्यालयदेखि प्रदेश सरकारसम्म धाए पनि कुहीँकतैबाट सहयोग प्राप्त भएन ।”

सुदूरपश्चिममै पहिलोपटक श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्न थालेका पन्तले उत्पादन गरेका बिरुवा स्थानीय बजार, सङ्घसंस्थाका साथै वन कार्यालयले खरिद गर्ने गरेका छन् । “श्रीखण्डको भित्री काठ अहिले रु तीन हजार पाँच सयदेखि रु चार हजारसम्ममा बिक्री हुने गरेको छ”, उनले भने, “रक्तचन्दनको कारोबार भने हालसम्म यहाँ भएको छैन ।”

सुरुआतमा खेती गर्ने उद्देश्यले व्यवसाय थालिए पनि पछि जमिन नपाउँदा नर्सरी बनाएर बिरुवा उत्पादनमा लागेको पन्तले बताए । “अहिले खेतीबाट भएको मुनाफाको ५० प्रतिशत दिने गरी जमिन भाडामा लिएको छु”, उनले भने । महेन्द्रनगरकै उल्टाखाममा अर्का एक किसानले पनि आठ कठ्ठामा यो व्यवसाय सुरुआत गरेका उनले जानकारी दिए।
कृषिमा आधारित व्यवसाय गरेर आत्मसन्तुष्टि मिलेको उल्लेख गर्दै पन्तले कानुनीरूपमा स्वीकृति लिएर व्यवसाय गर्न कुनै समस्या नरहेको बताए ।

उनले आफ्नो फार्ममा एक जनालाई रोजगार दिएका छन् । व्यावसायिक कृषिले आर्थिक अवस्थामा सुधार आउनसक्ने सम्भावना धेरै भए पनि त्यसतर्फ खासै ध्यान पुग्न नकसकेको उनको भनाइ छ ।

बिरुवा उत्पादन भए पनि बजारको अभाव रहेको पन्तले बताए । सुरुआतमा रु तीन लाखको लगानीमा खेती सुरु गरेका उनले बिरुवा उत्पादन बढाउँदै लैजाने योजना रहेको बताए । छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्डका बिरुवा हाल हुर्किरहेका छन् ।

धार्मीक कार्यमा रक्तचन्दन र श्रीखण्डको बढीजसो प्रयोग गरिन्छ । रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने पन्तले बताए। एक बिरुवाको तौल तीन क्विन्टलदेखि पाँच क्विन्टलसम्म हुनुका साथै विभिन्न किसिमका आयुर्वेदिक औषधि उत्पादनमा यसको प्रयोग हुने गरेको छ । श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
उद्योगी ढकालको यात्रा : बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता
फास्ट ट्रयाक सडक आयोजनामा देखिएका समाधानका लागि रक्षामन्त्रीको अग्रसरता
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?
डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
डलरको भाउ ११४ रुपैयाँ पुग्यो, अझै बढ्ने

तपाईंले छुटाउनुभयो कि?