प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

सारांश

  • काठमाडौँ ।
  • बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ ।
  • प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उनका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ छन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि योगेश भट्टराई, वसन्त नेम्वाङ, दीपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की सहभागी छन् ।

साथमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि साथमा छन् । प्रधानमनत्री प्रचण्डको निर्देशनमा प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धारको काम जारी छ । बाढी र पहिरोमा फसेकालाई उद्धार गरिएको छ ।

आजैमात्र भौतिक पूर्वाधार मन्त्रालयले केन्द्रीय सडक सञ्जालबाट विच्छेद भएको पाँचथर र ताप्लेजुङलाई जोड्न बेलिब्रिजको सामान प्रभावित क्षेत्रमा पठाइसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
निर्मला प्रकरण : अनुसन्धान प्रभावकारी बनाउन एसपी दुर्गा सिंह चन्द कञ्चनपुरतिर
प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको ‘अफर’, प्रतिनिधिसभा चुनावका लागि ‘बार्गेनिङ’
रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह
रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह
National interest be considered in citizenship act amendment: Khanal
National interest be considered in citizenship act amendment: Khanal
जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ
जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
अर्थमन्त्रालयले भन्योः बजेट निर्माणमा असम्बन्धितको सहभागिता छैन
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति
एमाले उपाध्यक्ष वामदेव गौतमले तोके सरकार गठनको मिति
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
देउवा सरकारले बदनामी गरेको भन्दै एमालेले मुख खोल्यो
देउवा सरकारले बदनामी गरेको भन्दै एमालेले मुख खोल्यो
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह
सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न प्रधानमन्त्रीको आग्रह