तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
२० पटक हेरिएको
Shares
तीन करोड ५६ लाख बराबरको अवैध सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

सारांश

  • काठमाडौँ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
  • आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिनुभयो ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिनुभयो । विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते मात्रै सेवाबाट अवकाश पाएका थिए ।

आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उहाँको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, शेयर बिक्रीबाट प्राप्त आय गरी रु तीन करोड ८५ लाख ५१ हजार सात सय ४० बराबर रहेको छ ।

सो अवधिमा राजभण्डारीले रु सात करोड ४२ लाख २९ हजार ८६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमध्ये रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ ।

सिँचाइ विभागका महानिर्देशकसमेत रहेका राजभण्डारीले सार्वजनिक दिनमा रहेर पदको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्ति श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको छ ।

आरोपी राजभण्डारी र उहाँका श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘
गाँजाको विकल्प दिँदै चितवनका जनप्रतिनिधि
निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त
तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी
सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

तपाईंले छुटाउनुभयो कि?