बागलुङका ग्रामीण सडक अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०८०
|
|
२६ पटक हेरिएको
Shares
बागलुङका ग्रामीण सडक अवरुद्ध

सारांश

  • ढोरपाटन ।
  • अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडकअवरुद्ध भएका छन् ।
  • सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिका अन्तरगतका सडक ठप्प भएका छन् ।

ढोरपाटन । अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडकअवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिका अन्तरगतका सडक ठप्प भएका छन् ।

तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन् । पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नं ६ को नर्जाखानी, पात्ले, भित्रिवन, वडा नं ५ को खुङ्खानी, थास्पुरी, वडा नं १ को स्याउला र पहिरागाउँ लगायतका दर्जन गाउँमा पुग्ने सडक कार्तिकसम्म बन्द भएका हुन् ।

कात्तिकसम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको स्थान सफा गरेपछि सडक सञ्चालनमा आउने छन् । दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नु पथ्र्यो, ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालुबाङ खोलामा दुई वटा मोटरेवल पुल निर्माण भएपछि बाह्रैमहिना यातायात सञ्चालन हुन थालेका छन् । अहिले पालिकाको केन्द्रदेखि वडा नं २ को खोलेस्वाङ बाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैनन् ।

वडा नम्बर ३ को तमान गाउँ बुर्तिबाङदेखि खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैनन् । बोेङ्गाभोदानदेखि सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रिवन पुग्न पाँच वटा मोटरेवल पुलको आवश्यक पर्छ भने, खुङ्खानी तीन वटा, पहिरा, तीन वटा, स्याउला र हिजा पुग्न एउटा पुल तर्नुपर्छ । अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीयवासी मर्कामा छन् । बोङ्गानीखोलामा दुई वर्ष अगाडिदेखि पुल निर्माण गर्न थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढा मगरले बताए ।

निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा तमानखोलाका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङ्खानीबगर घाट र नर्जाबगर घाट गरी पाँच स्थानमा मोटरेलपुल निर्माण परे पनि अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनाउन नसकिएको अध्यक्ष बुढा मगर बताउँछन् । वडा नं ३ को तमान, लाम्मेला गाउ हँुदै म्याग्दी पुग्न ढोमइघाट र शेर्माखोला घाटमा पुल आवश्यक भए पन यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नं २ को बोङ्खानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेँसीघाट र बोङ्गानीघाटमा मोटरेवल पुल आवश्यक पर्ने उनको भनाइ छ ।

“बर्खा लाग्यो, अब यहाँका गाउँमा पुग्न सडक सबै बन्द भए, गाउँपालिकाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, हिले खोलामा पानीको बहाव निकै बढेको हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीहरुले सबै गाउँ र बस्तीहरुमा ढिलो चाँडो सडक त पु-यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ,” अध्यक्ष बुढा मगरले भने–“पुल निर्माणका लागि गाउँपालिकाको पूरै बजेटले पनि पुल बनाउन सकिदैन, केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ, सबै निकायसँग समन्वय गरी पुल बनाउने छौँ, अब असोजसम्म गाउँका सबै सडक बन्द हुन्छ ।”

तमानखोला –५ का भीमबहादुर सिर्पालीले गाउँमा सडक आए पनि बर्खामा सेवा लिन नपाएको गुनासो गरे । पहिले पहिले गाउँमा सडक नआउँदा हिँडेरै बजार पुग्ने गरेको भन्दै अहिले खोलामा पुल नबन्दा पहिलेको जस्तै हिँड्नुपर्ने बताउँछन् । गाउँमा नून चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गर्नु पर्ने स्थिति आएको सिर्पालीको भनाइ छ ।

उनले भने, “उतिबेला अहिलेको जस्तो यस्तो ठूलाठूला सडक थिएनन्, साना गोरेटोबाटोमा हिड्थ्यौँ, घोडा खच्चड पनि तिनै बाटोमा हिँड्थे, अहिले गाडीको लागि ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौँ, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छोडे, बर्खामा त निकैको काम हुँदोरहेछ ।”

स्थानीय वीरबहादुर नेपालीले यो बेला गाउँमा कोही बिरामी परे मान्छेले नै बोकेर अस्पताल पु-याउनुको विकल्प नभएको बताए । केन्द्र र प्रदेशका सांसद तथा मन्त्रीलाई बारम्बार पुल आवश्यकपर्ने ठाउँ बजेट विनियोजन गर्न आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो पोख्नुभयो । घरै अगाडि सडक भए पनि हिउँदमा मात्रै प्रयोग गर्न पाइने उनको भनाइ छ ।

“दुई साता भयो, खोलामा गाडी तर्न छोडे, वारीका मान्छे वारीपारीका मान्छे पारी भइयो, यो बेला गाउँमा मान्छे धरै बिरामी हुन्छ, पानीमा रुज्दैभिज्दै काम गरेर होला अस्पताल पु-याउन निकै समस्या हुन्छ, बोकैरै लैजानुपर्ने अवस्था हुँदा समयमा अस्पताल पु¥याउन सकिदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ,” उनले भने, “खोलामा पुल बनेको भए अस्पताल पुग्न सजिलो हुने थियो, बिरामीले समयमै उपचार पाउने थिए ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम
मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम
घरवास सञ्चालनका लागि तालीम
घरवास सञ्चालनका लागि तालीम
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
कस्तो रहला आइतबार देशभरको मौसम?
कस्तो रहला आइतबार देशभरको मौसम?
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
फेरी गयो भूकम्प !!! किन जान्छ शनिबार नै भुकम्प ??
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको  अनुमान !
अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा

तपाईंले छुटाउनुभयो कि?