अखाद्य सामग्री बिक्री गरेपछि रु एक लाख ५० हजार जरिवाना

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०८०
|
|
२४ पटक हेरिएको
Shares
अखाद्य सामग्री बिक्री गरेपछि रु एक लाख ५० हजार जरिवाना

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ ।
  • कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु एक लाख ५० हजार जरिवाना तिराएको छ ।

कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाई तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु एक लाख ५० हजार जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार उक्त पसल सञ्चालक अङ्कुर अग्रवालले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरुप जरिवाना तिराएको बताइएको छ ।

कारबाही स्वरुपको उक्त रकम आजको मितिले सात दिनभित्र एनआइसी एसिया बैङ्कमा बजार अनुगमन समितिको राजस्व खाता नम्बरमा जम्मा गरी उक्त बैङ्क भौचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ ।

तोकिएको समयभित्र जरिवाना स्वरुपको रकम उपलब्ध नभए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने समेत पसल सञ्चालकलाई जानकारी गराइएको छ ।

सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई रु ५० हजार जरिवाना

यसैबीच आज नै कामपाले वडा नं ६ बौद्धस्थित बौद्धका गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्कीको फोहर ढलमा मिसाएको पाइएपछि रु ५० हजार जरिवाना तिराएको छ ।

पछिल्लो समय कामपाले आफ्नो अधिकार क्षेत्रभित्रमा स्थानमा जथाभावी फोहर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा निर्माण सामग्री राख्ने र ढल वा नदीमा फोहर मिसाउनेलाई नियमित अनुगमन गरी कारबाही गर्न थालेको छ । सोही अनुसार कामपाले बुढाथोकीलाई जरिवाना तिराएको हो ।

चाडबाडको समयमा मात्रै बजार अनुगमन गर्दै आएको कामपाले पछिल्लो समय बजार व्यवस्थापन गर्नका लागि नियमित रुपमा अनुगमन गरिरहेको छ । कामपाले आगामी वर्षका लागि व्यक्तिगत तथा संस्थागत भान्सालाई स्वास्थ्यकर बनाइराख्न आरोग्यता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि रु तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । कामपाले समग्र स्वास्थ्यको क्षेत्रका लागि भने करिब रु ९७ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?