माटोको घर भत्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
२८ पटक हेरिएको
Shares
माटोको घर भत्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

सारांश

  • लुम्बिनी ।
  • विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा एक कच्ची घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।
  • जिल्लाको मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँदा १५ वर्षीय रोसन हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लुम्बिनी । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा एक कच्ची घर भत्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँदा १५ वर्षीय रोसन हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हरिजनको बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएकाले उनीहरुको भैरहवामा उपचार भइरहेको छ ।

लगातारको वर्षाका कारण रुपन्देही जिल्लाका केही क्षेत्र डुबानमा परेका छन् । जिल्लाको मर्चवार, लुम्बिनी, धकधई, भैरहवा, तिलोत्तमा नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता बेलबहादुर पाण्डेकाअनुसार सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीस्थित दुर्गा मन्दिर नजिकका– चारवटा घर र कोटहीमाई गाउँपालिका– १ भुजौलीमा एउटा घर डुबानमा परेको छ ।

डुबानमा परेका व्यक्तिलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । लगातारको वर्षाले जिल्लाका अधिकांश भाग जलमग्न भएका छन् भने सडक र घरमा पानी पसेको छ । प्रहरीले सतर्कता अपनाउँदै जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिरहेको जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
चलचित्र ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग
प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग
मनास्लु हिमालमा हिमपहिरो:एकजनाको मृत्यु, १० जनाको उद्धार
मनास्लु हिमालमा हिमपहिरो:एकजनाको मृत्यु, १० जनाको उद्धार
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
जब श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरे…
जब श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरे…
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
सर्वोच्चले खुला गरिदियो माइतीघर मण्डला लगायत निषेधित क्षेत्र
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल रोक्न माग
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माणको काम तत्काल रोक्न माग
पच्चिसदेखि ४२ प्रतिशतसम्म मतदान
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह

तपाईंले छुटाउनुभयो कि?