त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०८०
|
|
४५ पटक हेरिएको
Shares
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने

सारांश

  • काठमाडौं।
  • त्रिभुवन विमानस्थल सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ।
  • सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाइ नभएपछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन्।

काठमाडौं। त्रिभुवन विमानस्थल सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ। सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाइ नभएपछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन्।

सामुहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन्। आज पनि माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएकाे छ।

हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक बिरोध सुरु गरेका थिए। भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बिमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन्।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ। जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामुहिक सरुवा मागे गरेका थिए। तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन्।

उनीहरुले पहुचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउन सरकार उद्यत रहेको गम्भिर आरोप लगाएका छन्। ‘सीआईबीबाटै संचार माध्यमहरुलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मूख्य योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने’, भन्सार प्रशासकसमक्ष प्रस्तुत कर्मचारीको माग पत्रमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
रवि लामिछानेको सिधा कुरा जनतासँगको टिममा खटपट !
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान
शेयर बजार : दोहोरो अङ्कले घट्यो
शेयर बजार : दोहोरो अङ्कले घट्यो
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
शिखरमा पुगेर संसारलाई हेर्न पाउँदा, खुशीले सीमा नाग्छ
शिखरमा पुगेर संसारलाई हेर्न पाउँदा, खुशीले सीमा नाग्छ
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी
त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी
स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल
स्थायी कमिटी बैठकमा हामीले प्रधानमन्त्रीको आलोचना गरेकै छैन् : भीम रावल
शिक्षालाई अगाडि बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउँछ : प्रम ओली
शिक्षालाई अगाडि बढाउने बिषयमा सरकारले नयाँ योजना बनाउँछ : प्रम ओली
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?