दसैँमा चङ्गा उडाउने संस्कृति हरायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २, २०८०
|
|
५१ पटक हेरिएको
Shares
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो

सारांश

  • रामपुर ।
  • दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन ।
  • दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।

रामपुर । दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।

विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा मरासिनी बताउँछन् ।

“चाडपर्वमा सबैसँग जमघट हुने, गाउँघरदेखि टाढा भएका आफन्त, परिवार, साथीभाइ भेटघाटको समयमा चङ्गा बनाएर कसले माथि पुर्‍याउने भन्दै अकाशमा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो, अहिले त चङ्गा उडाउने गरेको देखिनै छोडयो”, उनले भने ।

खुला आकाशमा चङ्गा उडाउँदा वातावरण नै सुन्दर बन्थ्यो । नयाँ पुस्तामाझ दसैँमा चङ¬्गा उडाउने संस्कृतिबारे जानकारी नै छैन । पुरानो संस्कृतिलाई अनुशरण गर्दै हिजोआज भने केही विद्यालयमा तल्ला कक्षामा पढ्ने साना–साना बालबालिकालाई दसैँका बेला चङ्गा बनाएर देखाउन थालिएको छ ।

खुला आकाशमा चङ्गा उड्दा गाउँमा निकै रमाइलो उत्साह छाउँथ्यो । मनोरञ्जन मात्रै नभई परिवारमा खुसुी, साथीभाइबीचको सम्बन्ध प्रगाढ बनाउने गरेको सुदीप गैरे बताउँछन् । हिजोआज बढ्दो सूचना प्रविधिको विकासले आकाशमा प्रतिस्पर्धात्मक रुपमा चङ्गा उडाएर मनोरञ्जन लिने चलन कतै देखिँदैन । यस्ता पुराना संस्कृति लोप हुन पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागूऔषसहित यादव पक्राउ
लागूऔषसहित यादव पक्राउ
बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !
बलात्कारीलाई मृत्युदण्डको सजाय दिन सांसदको माग !
न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल
न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल
मृग हानेको गोली आफ्नै दाइको निधारमा लागेपछि…
मृग हानेको गोली आफ्नै दाइको निधारमा लागेपछि…
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
बलात्कार मुद्दामा हलिवुडका चर्चित निर्मातालाई २३ वर्षको कैद सजाय
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !
उत्तर कोरियामा सेनापतिलाई नरभक्षि माछाको ट्यांकीमा हालेर मृत्युदण्ड !