जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २०, २०८०
|
|
२८ पटक हेरिएको
Shares
जाजरकोट भूकम्पः मृतक एक सय ५७ जनाको शव परिवारलाई बुझाइयो, नौ सय १० घर पूर्ण क्षति

सारांश

  • काठमाडौं ।
  • गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।
  • मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेको जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताए ।

काठमाडौं । गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।

मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेको जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताए ।

प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन्भने एक सय १० जना उपचाररत छन् ।

नौ सय १० घर पूर्ण क्षति

यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छभने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?