आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा

सारांश

  • काठमाडौं।
  • आइसल्याण्डमा ज्वालामुखी विष्फोटको सम्भावना बढ्दै गएको छ।
  • खासगरी दक्षिणपश्चिमी शहर ग्रिन्डाभिक शहर खतरामा रहेको सो क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ।

काठमाडौं। आइसल्याण्डमा ज्वालामुखी विष्फोटको सम्भावना बढ्दै गएको छ। खासगरी दक्षिणपश्चिमी शहर ग्रिन्डाभिक शहर खतरामा रहेको सो क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसहरूलाई स्थानान्तरण गरिएको छ।

करिब चार हजार मानिसको बसोबास रहेको ग्रिन्डाभिक शहर भित्रिने सबै सडक आकस्मिक बाहेकका लागि बन्द गरिएको छ। आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि अहिले आपतकाल घोषणा गरिएको छ।

आइसल्याण्डको मौसम विज्ञान कार्यालय आईएमओले विस्फोटको ठूलो जोखिम रहेको बताएको छ। रेक्जेनेस प्रायद्वीपमा विस्फोटको सम्भावना बढेको छ। विष्फोट आगामी केही दिनहरूमा कुनै पनि समयमा सुरु हुन सक्ने चेतावनी दिईएको छ।

हालैका हप्ताहरूमा ज्वालामुखी वरपर हजारौं भूकम्पहरू रेकर्ड गरिएका छन्। भूकम्पले ग्रिन्डाभिक र आसपासका सडक र भवनमा क्षति पुर्‍याएको छ। अक्टोबरको अन्त्यदेखि दक्षिणपश्चिम आइसल्याण्डमा २० हजार भन्दा बढी भूकम्पहरू रेकर्ड गरिएको छ।

ज्वालामुखी नजिकै हालैका वर्षहरूमा रेक्जेनेस प्रायद्वीपमा २०२१ मार्च, २०२२ अगस्त र २०२३ जुलाईमा तीनवटा विष्फोटहरू भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?