संशोधन विधेयकमा आजदेखि छलफल, सोमबार पारित गरिने
सारांश
- काठमाडौं, ४ भदौ ।
- सरकारले संविधान संशोधनको विधेयकलाई छलफलका लागि आज संसदको बैठकमा पेश गर्ने भएको छ ।
- संसदको आजको बैठकमा विधेयकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
काठमाडौं, ४ भदौ । सरकारले संविधान संशोधनको विधेयकलाई छलफलका लागि आज संसदको बैठकमा पेश गर्ने भएको छ ।
संसदको आजको बैठकमा विधेयकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । यसअघि पनि संशोधन विधेयकमा छलफल भएको थियो ।
मधेस केन्द्रित दलहरूको दवावमा सरकारले संशोधन विधेयकलाई अगाडि बढाउन लागेको हो । सरकारले कुनै पनि हालतमा विधेयकलाई पारित गराउने दावी गर्दै आएको छ ।
विधेयकको विपक्षमा एमालेसहितका दलहरू छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संशोधन विधेयकमा खासै रुचि देखाएको छैन । विधेयक पास हुन अझै २० मत अपुग रहेको बताइएको छ ।
विदेशी महिलालाई नेपालमा बिहे गरेपछि आफ्नो देशको नागरिकता त्यागको प्रक्रिया सुरु गर्नेवित्तिकै नेपाली नागरिकता दिने प्रावधान संशोधन विधेयक राखिएको छ । हिन्दी भाषालाई अनुसूचीमा राखेर मान्यता दिनुपर्नेलगायतका विषय राखिएको छ ।
संसदको आजको बैठकमा छलफलपछि सोमबारको संसदबाट संशोधन विधेयकलाई अनुमोदनको तयारीमा सरकार रहेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया