टी-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
टी-२० विश्वकपः क्यानडाद्वारा आयरल्याण्ड पराजित

सारांश

  • काठमाडौं।
  • अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ।
  • शुक्रबार राति भएको खेलमा टी-२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि १२ रनको जीत निकालेको हो।

काठमाडौं। अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ।

शुक्रबार राति भएको खेलमा टी-२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि १२ रनको जीत निकालेको हो।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो। क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके। उनले ३५ बलमा ३ चौका र २ छक्कासहित ४९ रन मात्र बनाउन सके । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए। पर्गत सिंहले १८ रन जोडे।

आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २-२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १-१ विकेट लिए।

जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो। आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे।

क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २-२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १-१ विकेट लिए।

समूह ए मा क्यानाडाको दुई खेलमा यो पहिलो जित हो । आयरल्यान्डले भने दुईवटै खेलमा पराजय व्यहोरेको छ। यस समूहमा अमेरिकाको दुई खेलमा ४ अंक रहेको छ । भारतको एक खेलमा दुई अंक छ भने पाकिस्तान एक खेलमा अंकविहीन छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?