‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०८१
|
|
१९ पटक हेरिएको
Shares
‘जिग्री ब्रो’को जन्मदिन पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा

सारांश

  • काठमाडौं।
  • कलाकार कुमार कट्टेल (जिग्री ब्रो) को जन्मदिनको अवसर पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।
  • राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो ।

काठमाडौं। कलाकार कुमार कट्टेल (जिग्री ब्रो) को जन्मदिनको अवसर पारेर फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्म निर्माणबारे यसअघि नै जानकारी गराइएको थियो । टेलिभिजनबाट प्रसारण हुने ‘सक्किगोनि’ टिमले सो फिल्म निर्माण गर्न लागेका हुन् ।

फिल्म निर्माणको घोषणा कार्यक्रममा वरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा मिडिया हबका सञ्चालक सोम धिताललाई कदर-पत्र र दोसल्लासहित सम्मान गरिएको थियो । फिल्ममा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन् भने नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।

सुदीप बरालको छायांकन रहने सिनेमामा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यो फिल्मबाट कलाकार मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन् ।

यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ । सिनेमाको घोषणा कार्यक्रममा यो सिनेमा हरिवंश आचार्य, दीपाश्री निरौला, रंग पत्रकार प्रकाश सुवेदी लगायतले सफलताको शुभकामना दिएका थिए ।

यस्तै फिल्मको घोषणा कार्यक्रममा लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?