बाढीपहिरामा परेर जेठ २८ यता १३३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०८१
|
|
१९ पटक हेरिएको
Shares
बाढीपहिरामा परेर जेठ २८ यता १३३ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् ।

काठमाडौं । मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए।

उहाँका अनुसार काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उद्धार गरिएको छ । बाढीपहिरामा परी सात जना बेपत्ता रहेको जनाइएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा
फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा
न्यायाधीश जोशीका सबै काम खोसिए
न्यायाधीश जोशीका सबै काम खोसिए
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
गोँगबुको होटलमा युवायुवती मृत फेला
गोँगबुको होटलमा युवायुवती मृत फेला
वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?
वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
सांसद बस्नेत भन्छन् ‘कोटेश्वर–जडिबुटी सुरुङ मार्ग निर्माण कार्य तुरुन्तै सुरु गर्नु पर्यो’
पूरै घर लुटेपछि जाने बेला चोरले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’
पूरै घर लुटेपछि जाने बेला चोरले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु
महानगरले चलायो बाग्मती करिडोरमा बनेका अनाधिकृत संरचनामाथि डोजर
महानगरले चलायो बाग्मती करिडोरमा बनेका अनाधिकृत संरचनामाथि डोजर

तपाईंले छुटाउनुभयो कि?