जापानमा भिड्दै नेपाली कराते खेलाडी, प्रचण्डले गरे विदाइ
सारांश
- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् ।
- अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारमा आयोजित विदाई कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् ।
- विदाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेलाडीलाई पदक जित्न समेत शुभकामना दिए भने वादोरियो कराते डो संघले भोगिरहेको समस्याको बारेमा आफु जानकार रहेको उल्लेख गर्दै त्यसलाई आफुले गम्भिररुपमा लिएको पनि बताए ।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन् । अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारमा आयोजित विदाई कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन् । विदाई कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले खेलाडीलाई पदक जित्न समेत शुभकामना दिए भने वादोरियो कराते डो संघले भोगिरहेको समस्याको बारेमा आफु जानकार रहेको उल्लेख गर्दै त्यसलाई आफुले गम्भिररुपमा लिएको पनि बताए । संघको समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने पनि उनले बताए ।
प्रचण्ड निवासमा आयोजित विदाइ कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय अध्यक्ष हरिशरण केसीले वादोरियो डा संघले भोगिरहेको समस्याको बारेमा पुनः जानकारी गराए । करातेको विकासमा राज्यले खासै चासो नदेखाएको गुनासो गर्दै जापानमा हुने यो प्रतियोगिताका लागि पनि आफ्नै नीजि खर्चमा खेलाडी पठाउन लागेको उनको भनाइ छ ।
यही भदौ ८ र ९ गते जापानको टोकियोमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनसहित ६ सदस्यीय टोली सहभागी हुँदै छ ।
businesstrick
I just could not depart your web site prior to suggesting that I really loved the usual info an individual supply in your visitors Is gonna be back regularly to check up on new posts