रविको ब्रिफिङः हामीलाई अरुले लडाउन सक्दैनन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १, २०८१
|
|
२४ पटक हेरिएको
Shares
रविको ब्रिफिङः हामीलाई अरुले लडाउन सक्दैनन्

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ।
  • बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गरेका थिए।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबारदेखि काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ। बुधवारसम्म भल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गरेका थिए।

पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गरे । उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे ।

‘हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ । यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौँ । रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन,’– सभापति लामिछानेले भने ।

उनले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरे । सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामिछानेले आफूलाई लाञ्छाम लाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गरे । उनले सरकारमा जान हुँदैन थियो भन्ने कुरा अहिले आएर महसुस गरेको सुनाए ।

‘हिजो मात्रै प्रतिवेदन संसदमा पेश भएको छ । थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, अब सहकारीको कुरा त सकियो । विषय सहकारीबाट गोखा मिडियातिर जान्छ,’– उनले भने ।

राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेश तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेश हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ ।

भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ ।

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    mayarm1

    My brother recommended I might like this web site He was totally right This post actually made my day You cannt imagine just how much time I had spent for this information Thanks

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
राजपालाई ठूलो धक्काः केन्द्रीय सदस्यसहित ६ सयबढी माओवादीमा प्रवेश
प्रकाश र उमा लाई बैँस चडदा  रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
प्रकाश र उमा लाई बैँस चडदा रेजिना र शंकर को यस्तो मस्ती ( भिडियो सहित)
२ सयकाे चाेरी:  ७० हजारको डिएनए परिक्षण
२ सयकाे चाेरी: ७० हजारको डिएनए परिक्षण
महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष
महिलाको अन्डरवेयर ब्रा चोर्दै हिंड्ने यी पुरुष
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
मन्त्रिपरिषद्को बैठक : पहिलो प्राथमिकता संविधान कार्यान्वयन
समायोजन विरुद्ध आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा
समायोजन विरुद्ध आन्दोलनमा उत्रेपछि बिरामी मर्कामा
थाहा पाउनुहोस् तपाईंको राशिफल
थाहा पाउनुहोस् तपाईंको राशिफल
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा

तपाईंले छुटाउनुभयो कि?