जितबिहीन नेपाललाई वर्षाले दिलायो अंक

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
जितबिहीन नेपाललाई वर्षाले दिलायो अंक

सारांश

  • काठमाडौं।
  • वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग–२ मा ओमानसँग अंक बाँडेको छ।
  • मंगलबारको खेल वर्षाले प्रभावित भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका हुन् ।

काठमाडौं। वर्षाका कारण एक बल पनि खेल्न असम्भव भएपछि नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग–२ मा ओमानसँग अंक बाँडेको छ।

मंगलबारको खेल वर्षाले प्रभावित भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका हुन् । सिरिजमा जितबिहीन नेपालले अन्तिम खेलमा एक अंका जोडेको छ । ओमानसँग अंक बाँडेपछि नेपाल तीन अंकसहित तालिकाको सातौँ स्थानमा यथावत छ। यसैगरी ओमान छैटौँ स्थानमा छ। युएई तालिकाको पुछारमा छ। युएईलाई मंगलबार नै अमेरिकाले १३४ रनले हरायो।

अमेरिकाले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको युएई २०३ रनमा सीमित भएको थियो। सो जितसहित अमेरिकाले लिगको सुपर फोरमा स्थान पाउने सम्भावना बलियो भएको छ।

८ खेलमा १२ अङ्क जोडेको अमेरिकाले ८ खेलमा १२ अंक नै जोडेको नेदरल्यान्ड्सलाई रन रेटमा पछिपार्दै दोस्रो स्थानमा उक्लेको हो।

पहिलो स्थानमा रहेको क्यानडाको १४ अङ्क भए पनि ३ खेल बढी खेलेको छ। ७ खेल खेलेको स्कटल्यान्डको ९ अङ्क छ। पाँचौँ स्थानमा रहेको नामिबियाले ११ खेलमा ८ अंक जोडेको छ।

घरेलु भूमिमै जारी अमेरिका र युएई सहितको श्रृङखलामा नामिबियाले खराब प्रदर्शन गर्दै तीन खेलमा नै हारको सामना गरेको छ। पुछारको टोली युएईले पनि नामिबियासँगको यसै सिरिजमा अंक बटुलेको हो।

क्यानडामा जारी सिरिजमा क्यानडा र ओमानको एक खेल बाँकी छ। नामिबियामा भएको सिरिजमा नामिबिया र युएईको खेल बाँकी छ।

एक महिनापछि अमेरिकामा हुने नेपाल र स्कटल्यान्डसहितको सिरिजले तालिकालाई एउटा बाटोमा लैजाने छ। सोही सिरिज नै नेपालका लागि महत्त्वपूर्ण साबित हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?