विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत विरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् उनले यस्तो बताएका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत विरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले विपद् न्यूनीकरण र त्यसको सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नसपर्ने र यस कार्यको अगुवाइ गर्न सरकार प्रतिबद्ध रहेको बताए।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विपद्को पूर्वतयारी र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्नुपर्ने र यसमा सबै पक्ष साझा दायित्वका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए। उनले विपद् व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट गरे।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी थिए।
british-iptv-uk
Thanks I have just been looking for information about this subject for a long time and yours is the best Ive discovered till now However what in regards to the bottom line Are you certain in regards to the supply