ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
सारांश
- काठमाडौं।
- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलसहित १३ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।
- उनीहरुविरुद्ध युवराज पौडेल ‘सफल’ ले जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलसहित १३ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । उनीहरुविरुद्ध युवराज पौडेल ‘सफल’ ले जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।
सफलले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव दुवाडी, काठमाडौं महानगर प्रमुख शाह, नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौं उपत्यका प्रहरी कार्यलयका निमित्त कार्यलय प्रमुख डीआईजी ओम राना, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की, काठमाडौंका तत्कालीन सीडिओ छविलाल रिजाल, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज अधिकारी, हामी नेपाल नाम संस्थाका संस्थापक सुधन गुरुङ, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओम प्रकाश अर्याल, विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध जाहेरी दिएका छन् ।
जेन–जी पुस्ताले शान्तिपूर्ण प्रदर्शन आयोजना गरेकोमा तत्कालीन सरकारले दमन गर्दा धेरै धनजनको क्षति भएकोमा यी व्यक्तिहरुलाई जिम्मेवार बनाइनुपर्ने जाहेरवालाको माग छ । तत्कालीन प्रधानमन्त्री ओलीसहित आरोपित १३ जनालाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउनका लागि माग गरिएको छ । आरोपीले मुलुकी अपराध संहिता २०७४ को दफा २६ (ज्यान लिन नहुने) र दफा १७७ (ज्यानसम्बन्धी कसुर) गरेको जाहेरवालाको आरोप छ ।
Binance注册奖金
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.