आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने आईएईएको निर्णय

सारांश

  • रोएटर्स ।
  • अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए) ले आफ्ना सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने गर्ने सहमति गरेको छ।
  • अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्य तीव्र रूपमा बढिरहेकाले बजार स्थिर बनाउन यस्तो कदम चालिएको हो ।

रोएटर्स । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईएईए) ले आफ्ना सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने गर्ने सहमति गरेको छ। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्य तीव्र रूपमा बढिरहेकाले बजार स्थिर बनाउन यस्तो कदम चालिएको हो ।

प्रस्तावित परिमाण सन् २०२२ मा रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि आईएईएका सदस्य देशहरूले सार्वजनिक गरेको १८ करोड २० लाख ब्यारेल तेलभन्दा ठूलो हो।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले जारी गरेको वक्तव्यमा तेल बजारले अभूतपूर्व चुनौती सामना गरिरहेकाले सदस्य राष्ट्रहरूले पनि अभूतपूर्व आकारको आपतकालीन सामूहिक कदम चालेको बताएका छन्।

उनका अनुसार बजारसम्म पुग्ने पर्याप्त मार्गको अभाव र थप भण्डारण क्षमता नभएकाले मध्यपूर्वका तेल उत्पादकहरूले उत्पादन घटाउन थालेका छन्। ऊर्जा तथा ऊर्जा–सम्बन्धी पूर्वाधारमाथि आक्रमणका कारण रिफाइनरी सञ्चालन पनि प्रभावित भएको र विशेषगरी जेट इन्धन तथा डिजेल आपूर्तिमा असर परेको उनले बताए।

आईएईएका सदस्य राष्ट्रहरूसँग आपतकालीन प्रयोगका लागि १ अर्ब २० करोड ब्यारेलभन्दा बढी तेल भण्डार रहेको छ। यसबाहेक सरकारी दायित्वअन्तर्गत उद्योग क्षेत्रमा थप ६० करोड ब्यारेल तेल भण्डारण गरिएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि इरानले खाडी क्षेत्रका देशहरूबाट उत्पादन हुने तेल ढुवानीको प्रमुख मार्ग होर्मुज जलडमरूलाई प्रभावकारी रूपमा अवरुद्ध बनाएको छ। जहाजमाथि आक्रमण गर्ने चेतावनी दिँदै उसले उक्त मार्ग बन्दजस्तै बनाएको हो। विश्वव्यापी तेल तथा ग्यास आपूर्तिको करिब पाँचौँ भाग यही मार्ग हुँदै पार हुने गर्छ।

अमेरिका र इजरायलको आक्रमणको जवाफस्वरूप इरानले खाडीका अरब राष्ट्रहरूका तेल क्षेत्र र रिफाइनरीहरूलाई पनि निशाना बनाएको बताइएको छ। यसमार्फत विश्व अर्थतन्त्रमा दबाब सिर्जना गरी अमेरिका र इजरायललाई युद्ध रोक्न बाध्य पार्ने रणनीति इरानले लिएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Lorenzo2082

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
युएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको यसरि गरे बचाउ
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
संविधान दिवसको दिन संविधानलाई स्वागत गर्दै , काभ्रेलि युवाहरु।
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
कसरी सम्भव भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम टुंगो ?
सही र सकारात्मक सोच जगाउने अभियानमा  ग्रामीण स्वयम सेवक समाज
सही र सकारात्मक सोच जगाउने अभियानमा ग्रामीण स्वयम सेवक समाज
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव
नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्छ : उपराष्ट्रपति यादव

तपाईंले छुटाउनुभयो कि?