झापा मिडिया कप–२०७४ सुरु
सारांश
- झापा ।
- विवेचना दैनिकको आयोजनमा शनिबारबाट प्रथम झापा मिडिया कप–२०७४ सुरु भएको छ ।
- सालबारीस्थित नमुना सामुदायिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना भएको हो ।
झापा । विवेचना दैनिकको आयोजनमा शनिबारबाट प्रथम झापा मिडिया कप–२०७४ सुरु भएको छ । सालबारीस्थित नमुना सामुदायिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना भएको हो ।
प्रतियोगिताको सुरुवाती दिन सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । सुर्योदय टेलिभिजन, (मेरो रेडियो र यलम्बर टाइम्स साप्ताहिक), आमसञ्चार डटकम तथा रेडियो सनराईजले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका हुन् ।
आइतबार पहिलो सेमिफाइनल सुर्योदय टेलिभिजन र आमसञ्चार डटकमबीच हुने तथा दोस्रो सेमिफाइनल (मेरो रेडियो र यलम्बर टाइम्स साप्ताहिक) र रेडियो सनराइजबीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २१ हजार र उपविजेताले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी खेल संयोजक तथा पत्रिकाका समाचार संयोजक रमेश समर्दशीले दिए ।
प्रतियोगितामा झापामा रहेका विभिन्न सञ्चार माध्यममा कार्यरत संचारकर्मीको आठ टिमको सहभागिता छ । बिर्तामोडबाट प्रकाशन हुँदै आएको विवेचना दैनिकको २६ औँ वार्षिक उत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतिक्रिया