फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड

सारांश

  • १२ भदौ, बिराटनगर ।
  • प्रधानमन्त्री शेरबहादुर देउवालेे भारत भ्रमणको क्रममा गरेका समझदारी र पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिमा असन्तुष्ट माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको छ ।
  • कोशी उच्च बाँधमा समझदारी गरेको र फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट छ ।

१२ भदौ, बिराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवालेे भारत भ्रमणको क्रममा गरेका समझदारी र पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिमा असन्तुष्ट माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको छ ।

कोशी उच्च बाँधमा समझदारी गरेको र फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट छ ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल र भारतबाट जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको बताए ।

उनले भने, ‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरें । तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन । काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं ।’

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सरकारमा माओवादी केन्द्रको नेतृत्व गरेका परराष्ट्रमन्त्री कृष्णबहादुर महरासमेत सहभागी थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले संविधान संशोधन आवश्यक नै नभएको पनि बताए ।

‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन । तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन,’ प्रचण्डले भने, ‘देशलाई आवश्यक परे फेरि बहस गरौंला । तर, अहिले यो बहस आवश्यक नै छैन ।’

पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले बिराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको मिसन निर्वाचन भएकाले माओवादी त्यसमा केन्द्रित भएको र सत्ता परिवर्तनबारे कुनै ध्यान नदिएको दाबी गरे । ‘

अध्यक्ष प्रचण्डले यो वर्ष नेपालको लागि चुनावमय वर्ष भएको पनि वताए । अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावसँगै प्रदेश र संंसदको चुनाव पनि यही साल हुने भएकाले यो वर्ष चुनावमय साल भएको टिप्पणी गरे ।

उनले २ नम्वर प्रदेशमा हुने स्थानीय तहको चुनावमा लोकतान्त्रिक पक्षधर गणतान्त्रिक पार्टी जुनसुकैसँग पनि तालमेल गरेर अघि वढ्न सकिने वताए । यहि पार्टीसँग तालमेल गर्ने नखुलाएपनि प्रचण्डले आफूहरुको प्राथमिकता मधेस केन्दि्रत दलहरुसँगै तालमेल गर्नु रहेको बताए ।

पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन प्रचण्ड सोमबार बिहान विराटनगर आएका हुन् ।

बिभिन्न कार्यक्रममा सहभागी भएर प्रचण्ड बुधबार काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Shrestha

    कुरा मिलाएर पठाउने

    Comment Author

    Ambar Rai

    प्रधानमन्त्री चाेर बहादुर देउवा भारतमा गएर माेदीकाे धाेती धुएर फर्किए यस्काे काजक्रिया गरिदिनु पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?