कविता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
४६ पटक हेरिएको
Shares
कविता

सारांश

रन्थनियो ठिटो 

बिजय तिमिल्सिना

गुराँस हुने रातै हो तर सेतो बनाउछ मान्छे
भागमा पर्नु पर्ने बराबरीको तर लुकाउछ भान्छे
भष्ट यहाँ जाती हुन्छ इमान्दारको बर्वादी
पुरै छु कि बौलाय म भयो मेरो दिमाग आदी

सिधा छ देख्दा बाटो हिंड्नु पर्छ बाङोटिङो
तर पनि लछ्यमा पुग्ने हुँदैन कुनै टुङो
देवता पनि खान्छन कि घुस पापीको भेटी
तीन कै प्रगती देख्छु यहाँ गरिवको गला रेटी

सबै छ पुरा फाइल तर बन्दै बन्दैन काम
पैसाले खुलाउछ फेरी क्युमा फसेको जाम
बोले झनै ढिलो हुने थैली खोले छिटो
उमेरैमा रन्थनियो यो सोझो ठिटो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?