आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
आचारसंहिता सरकारबाटै धेरै उल्लंघन ‘राहत वितरणको नाममा आचारसंहिता उल्लंघन,आयोग

सारांश

  • प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधीप्रसाद यादवले राहत वितरणको नाममा आचारसंहिता उल्लंघन भइरहेको बताएका छन् ।
  • उनले आचार संहिता उल्लंघनविरुद्ध शून्य सहनशीलता अपनाइने पनि बताए शुक्रबार आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा डा.

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राहत वितरणको नाममा आचारसंहिता उल्लंघन भइरहेको बताएका छन् । उनले आचार संहिता उल्लंघनविरुद्ध शून्य सहनशीलता अपनाइने पनि बताए

शुक्रबार आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा डा. यादवले भने, ‘आचार संहिता पालना विरुद्धको विषयमा शून्य सहनशीलताको नीति अपनाइने छ ।’

आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय चुनावको अनुगमनकर्तालाई डा. यादवले भने, ‘उम्मेदवारबीच जसरी पनि निर्वाचन जित्ने मनसाय हुन्छ, अहिले राहतको नाममा आचार संहिता उलंघनको घटना भइरहेका छन् ।’

सरकारबाटै सबैभन्दा बढी आचार संहिताको उलंघनका घटना भएको उनले बताए । आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि आयोगले नछाड्ने भन्दै डा. यादवले मनोनयन अवधि र मनोनयन पछिको समय बढी संवेदनशील हुने हुँदा विशेष चनाखो हुन अनुगमनकर्ताहरूलाई निर्देशन दिए ।

समन्वय अभावले हुने कमी कमजोरीलाई हटाउनेतर्फ अनुगमनकर्ताले विशेष भूमिका निर्वाह गर्नुपर्ने यादवको भनाइ थियो ।

संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोगलाई विभागको सरह सरकारले व्यवहार गरेको यादवले गुनासो गरे ।

कार्यक्रममा आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचार संहिता पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

तेस्रो चरणमा हुने प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तह निर्वाचनका लागि आयोगले २ सचिवसहित १८ जनालाई अनुगमनमा खटाएको छ । उनीहरु यही भदौ १९ गतेदेखि कार्यस्थलमा खटिने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब सवारीलाई नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने
अब सवारीलाई नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने
मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्
मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु
हवाई आक्रमणमा एघार लडाकू मारिए
हवाई आक्रमणमा एघार लडाकू मारिए
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?
के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ ?
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
प्रचण्ड पत्नी सीताको उपचार रामदेव बाबाको पतञ्जली योगपिठमा (फोटोफिचर)
५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा

तपाईंले छुटाउनुभयो कि?