सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
सारांश
- १७ भदौ– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ ।
- सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्य गर्ने भन्ने निक्र्याेलमा नपुग्दा उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।
- एमालेले प्रदेश २ का सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाई प्रचार अभियानलाई तीब्र बनाएको छ ।
१७ भदौ– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ । सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्य गर्ने भन्ने निक्र्याेलमा नपुग्दा उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।
एमालेले प्रदेश २ का सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाई प्रचार अभियानलाई तीब्र बनाएको छ । कांग्रेसले पनि एक्लै चुनाव लड्ने स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । तर, माओवादीसँग तालमेलका लागि कार्यदलसमेत गठन गरेकाले कुन कुन स्थानीय तहमा तालमेल हुने भन्ने एकीन नभइसकेकाले कांग्रेस–माओवादी दुवैले सबैतिर उम्मेदवारको टुंगो लगाएका छैनन् । एमालेले भने स्थानीय आवश्यकता अनुसार कांग्रेस बाहेकका दलहरुसँग तालमेल गर्न आफू खुला रहेको वताएको छ । तर, सबैजसो ठाउँमा उम्मेदवार घोषणा गरी एमालेका केन्द्रीय नेताहरु नै चुनाव प्रचारमा सक्रिय भइसकेका छन् /
भारतीय संस्थापन पक्षले प्रमुख प्रतिपक्षी दल एमालेको जितलाई रोक्न नेपालमा कांग्रेस, माओवादी र राजपाको बलियो चुनावी गठबन्धन बनाइदिने यसअघि नै भारतीय संस्थापन निकट थिंकट्यांकले सार्वजनिक गरिसकेका छन् । सोही अनुसार कांग्रेस र माओवादीले चुनावी सहकार्यका लागि कार्यदल समेत गठन गरेका थिए । कांग्रेस नेता बिमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महत तथा माओवादी नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन उक्त कार्यदलमा छन् । उनीहरुको कार्यदलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने स्थानीय तह पहिचान गरिरहेको र ती स्थानमा अहिलेसम्म कांग्रेस र माओवादीले उम्मेदवार नतोकेको कार्यदल निकट स्रोतले वताएको छ ।
‘प्रदेश २ का राजमार्ग आसपासका क्षेत्रमा एमाले बलियो देखिएको छ, ती स्थानमा हामी मिलेर अघि बढ्ने योजना बनेको छ’ माओवादीका एक नेताले भन्नुभयो, ‘कुन कुन स्थानीय तहमा कांग्रेस, माओवादी र राजपाबीच तालमेल गर्ने भन्ने टुंगोमा नपुगेकाले केही स्थानमा हाम्रो र केही स्थानमा कांग्रेसको पनि उम्मेदवारी अन्तिम निश्र्षमा पुगेको छैन, अव छिटै निश्कर्षमा पुग्छ ।’ प्रदेश २ को स्थानीय चुनावमा एमाले बलियो भएका ठाउँमा आवश्यक सबै दल मिल्ने तयारी भएको र त्यसका लागि राजनीतिक र कुटनीतिक सहयोग पनि लिइएको उहाँले वताउनु भयो । स्रोतका अनुसार बीरगञ्जस्थित भारतीय दूतावासका कर्मचारी नै कांग्रेस माओवादी तालमेलका लागि प्रत्यक्ष सक्रिय रहन थालेका छन् । भारतीय थिंकट्यांकले यसअघि नै एमाले विरुद्ध कांग्रेस, माओवादी र राजपा गठबन्धन बनाइदिने र एमालेको जितलाई रोक्ने सार्वजनिक रुपमै वताउँदै आएका थिए ।
Timro Partikshama
Huti hara hara haru yestai ho ni
Trilok Manee Lama
Hahaha la la atyaxa gathe yemalele deshai chahi xodi nahidnu
Raj Nepal
Jantale nabujeko matraho mawo badira kangeresa 1naihuna luteraharu
Shankar Rai
Sakxa vane aklai chunab ladera dekhau saram xada
Krishna Wasti
लम्पसारवादीहरु सबै मिले पनि एमालेकाे जितलाई कुनै असर पर्दैन ।
Dinesh Lamsal
कुकुर र स्याल मिलन भन्दा एमाले एक्लै हिड्न बेस
Bhagirath Kunwar
किन रा प्र पा ले साथ दिएन
Bishnu Ad
अब एउटा तथय के clear भयाे भने जनमत मा बलियाे छ भने अरूदल लाई लागयाे र जहाँ पनि तालमेल यहि तालमेल काे कारण भरतपुर चितवनमा जनमत लाई कमजोर बनाइयाे जे भए पनि देश र बिकाश लाई कमजोर नबनाइ दिए हुनथियाे ।
Punya Thapa Narayan
सबै मिले एमालेको जित हुन्छ