भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि…..

सारांश

  • जनकपुरधाम ।
  • नेपाली कांग्रेसका नेता एवम् पूर्व उप्रधानमन्त्री विमलेन्द्र निधि भोट माग्दा माग्ने क्रममा बेहोस भएका छन् ।
  • असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन जनकपुरमा विहीबार रोड शोको अगुवाई गर्दै गर्दा निधि एक्कासी बेहोस भएका थिए।

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्व उप्रधानमन्त्री विमलेन्द्र निधि भोट माग्दा माग्ने क्रममा बेहोस भएका छन् ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन जनकपुरमा विहीबार रोड शोको अगुवाई गर्दै गर्दा निधि एक्कासी बेहोस भएका थिए। अत्यधिक गर्मी र भिडभाडका कारण निधिको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

उच्च रक्तचाप र मधुमेहका बिरामी निधिलाई गर्मीका कारण असहज भएर चक्कर आएपछि कार्यकर्ताहरुले सम्हालेका थिए। उनलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगिएको थियो ।

अस्पतालमा करिब एक घण्टासम्म स्वास्थ्यउपचार गरेपछि चिकित्सकले अवस्था सामान्य भएको भन्दै आराम गर्न सुझाव दिएका छन् । अहिले निधि अस्पतालबाट जनकपुरस्थित सीता प्यालेश होटलमा आराम गरिरहेको आफन्तले जानकारी दिएका छन् ।

पछिल्लो एक सातादेखि निधि आफ्नो गृहजिल्लामा चुनावी माहौल बनाउन दिनरात सभा, गोष्ठी गर्दै आएका छन् । उनी घरदैलो कार्यक्रममा समेत सहभागि भएको हुनाले दौडधुप बढि नै भएर स्वास्थ्य अवस्था बिग्रिएको चिकित्सकले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?