यसरी छानिने छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
यसरी छानिने छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपति

सारांश

  • काठमाडौ ।
  • मङ्सिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई दुवै सदन गठन भएपछि एक महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको हो ।
  • तोकिएको समयमा प्रतिनिधि र प्रदेशसभा गठन भएमा ढिलामा माघभित्र राष्ट्रपति र उपराष्ट्रपतिका लागि नयाँ निर्वाचन हुने भएको छ ।

काठमाडौ । मङ्सिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई दुवै सदन गठन भएपछि एक महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने भएको हो । तोकिएको समयमा प्रतिनिधि र प्रदेशसभा गठन भएमा ढिलामा माघभित्र राष्ट्रपति र उपराष्ट्रपतिका लागि नयाँ निर्वाचन हुने भएको छ ।

सरकारले प्रस्ताव गरेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयकअनुसार यी दुई पदका लागि निर्वाचन आयोगले निर्वाचनको मिति तोक्नेछ । प्रस्तावित विधेयक सरकारले बिहीबार संसद् सचिवालयमा दर्ता गरेको छ । विधेयक संसद्को चालू अधिवेशनबाटै पारित गर्नुपर्ने बाध्यता छ । प्रस्तावित विधेयकअनुसार पहिलोपटक सङ्घीय संसद् र प्रदेश संसद् गठन भएको एक महिनाभित्र निर्वाचन हुने भए पनि नियमित अवस्थामा भने कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो बन्छ निर्वाचक मण्डल

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार नै एक निर्वाचक मण्डल रहनेछ । निर्वाचन प्रयोजनका लागि गठन हुने निर्वाचक मण्डलमा सङ्घीय संसद्का दुवै सदनका सदस्य रहनेछन् । यस्तै प्रदेशसभाका सदस्य पनि निर्वाचक मण्डलमा रहनेछन् । निर्वाचक मण्डलका सदस्य राष्ट्रपति तथा उपराष्ट्रपति चयनका मतदाता हुनेछन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति चयनमा सघीय संसद्को मतभार ७९ हुनेछ, जसमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य समेतको मत गणना हुनेछ । प्रदेशसभाको मतभार ४८ प्रतिशत हुनेछ । राष्ट्रियसभा गठनमा पनि प्रदेशसभाको मतभार ४८ नै हुने गरी विधेयक संसद्मा पेस भइसकेको छ ।

धरौटी एक लाख रुपियाँ

राष्ट्रपतिको उम्मेदवार हुन चाहने व्यक्तिले एक लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव विधेयकले गरेको छ । यस्तै उपराष्ट्रपतिका हकमा भने धरौटी ७५ हजार रुपियाँ राख्नुपर्नेछ । निर्वाचनमा भाग लिँदा सदर मतको १० प्रतिशत नल्याए धरौटी रकम जफत हुनेछ । निर्वाचनमा एकमात्र उम्मेदवारको मनोनयन परेमा निर्विरोध निर्वाचित घोषणा गरिनेछ । मत बराबर भएमा गोलाप्रथाबाट अन्तिम छिनोफानो हुनेछ ।

राष्ट्रपति वा उपराष्ट्रपतिमा उम्मेदवारी दिन चाहनेका लागि प्रस्तावक र समर्थकमा २५-२५ जना जुटाउनुपर्नेछ । वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति मनोनयनका लागि योग्य हुनेछ । कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै पनि सङ्घीय कानुनले अयोग्य नभएको व्यक्ति उम्मेदवारीका लागि योग्य हुनेछ ।

आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै
धौलागिरि चक्रिय पदमार्ग नयाँ गन्तव्य बन्दै
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
मातृभाषा, लिपि र सांस्कृतिक धरोहर जीवन्त राख्न युवा पुस्ता जिम्मेवार: मुख्यमन्त्री पाैडेल
प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत
प्रदेश–२ मा सहमतीय राजनीति अघि बढ्ने सङ्केत
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
रोबोट सोफियाले भनिन्- प्रविधिको प्रयोगले नेपालमा भ्रष्टाचार हटाउन सक्छ
विवाहइतर सम्बन्धः हत्यादेखि आत्महत्यासम्को कारण बन्दै
विवाहइतर सम्बन्धः हत्यादेखि आत्महत्यासम्को कारण बन्दै
रणवीर दिपिकाको विवाहमा मात्र ४ जनालाई निम्तो !
रणवीर दिपिकाको विवाहमा मात्र ४ जनालाई निम्तो !
भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल
भारत भ्रमण परिणाममुखी: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
प्रधानमन्त्री ओलीले लेखे शीर्षकविनाको कविता, र भने मरेपछि पनि सपना देख्न पाउँ
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !