प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
१७ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने

सारांश

  • काठमाडौं ।
  •  प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।
  • प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन यही असोज ३ गते २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवाले यही सेप्टेम्बर २३ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ‘जनतामा केन्द्रीतःदिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवननिम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही १९ सेप्टेम्बरदेखि सुरू हुँदैछ । महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले सेप्टेम्बर २१ मा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रिपति मैत्रीपाला सिरिसेना, बंगलादेशका राष्ट्रपति सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नैछन् ।

सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । प्रधानमन्त्री देउवाले सेप्टेम्बर २२ मा इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनाका साथै २२ सेप्टेम्बरमा न्यूयोर्कस्थित राष्ट्र संघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नेछन् ।

त्यसैगरी उनी न्यूयोर्कका नेपालका महावाणिज्यदूतले २३ सेप्टेम्बरमा नेपालको संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ ।

प्रधामन्त्री देउवा महासभामा भाग लिइसकेपछि २४ सेम्टेम्बरमा ओमनको मस्कटका लागि प्रस्थान गर्नेछन्, त्यहाँ उनले खाडी क्षेत्रका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका बारेमा निर्देशन दिने कार्यक्रम छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर मस्कटबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा अाजै न्यूयोर्क प्रस्थान गर्दै

महासभामा भाग लिन तथा आवश्यक तयारीका लागि उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने आजै न्यूयोर्क प्रस्थान गर्दैछन् । परराष्ट्रमन्त्री महराले सेप्टेम्बर २१ मा त्यहाँ आयोजना हुने सार्क मन्त्रिस्तरीय बैठकको अध्यक्षता गर्नेछन् । उनले त्यहाँ रहँदा असंलग्न आन्दोलन, जि ७७ र चीन, अतिकम विकसित मुलुक र भूपरिवेष्टित मुलकको मन्त्रिस्तरीय बैठकमा सहभागी हुनाका साथै सम्बोधनसमेत गर्नेछन् । उहाँले एसियाली सहयोग संवादको मन्त्रिस्तरीय बैठकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नुहुने प्रवक्ता पौडेलले जानकारी दिए ।

न्यूयोर्कमा रहँदा उपप्रधानमन्त्री महरा १९ सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् भने सोही दिन अपराह्न राष्ट्र संघका महासचिव गुटेरसद्वारा आयोजित दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।

उपप्रधानमन्त्री महरा राष्ट्रसंघको सुरक्षा परिषदद्वारा आयोजित राष्ट्रसंघको शान्ति स्थापनामा सुधारसम्बन्धी उच्चस्तरीय खुला छलफल, राष्ट्र संघका महासचिवले आयोजना गर्ने यौन शोषण र दुर्व्यवहारबाट संरक्षण, दिगो विकासका लागि खानेपानी, मानव बेचबिखन, बालश्रम र बँधुवा मजदुरको अन्त्य विषयका उच्चस्तरीय बैठक तथा छलफलमा सहभागी हुनेछन् ।

सो सिलसिलामा उपप्रधानमन्त्री महराले बहराइन, भुटान, नर्वे, ओमन र कतारका विदेशमन्त्री तथा राष्ट्र संघका उच्च अधिकारीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन् । उपप्रधानमन्त्री महराले यस वर्ष जुलाइमा राष्ट्रसंघ सम्मेलनले स्वीकारेको परमाणु हतियार निषेधित सन्धिमा हस्ताक्षर गर्नेछन् ।

प्रधानमन्त्री देउवासँग नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबाललिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन् । प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २८ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Anil Pandey

    Bhneko t bujhnu paryo ni t.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
राष्ट्रपतिबाट फिर्ता भएको दुई सातासम्म पनि सभामुखको बेवास्ताले विधेयक अलपत्र
बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे
बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
सांसदको प्रश्न : नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
सुकेधारा र अनामनगरको विष्फोटमा विप्लवको संलग्नता, ३ को मृत्य
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
मेलिना राई तथा यम बराल को ‘तिमि नै तिमि’ को म्युजिक भिडियो सार्बजनिक
स्पेन र इटलीमा मृतकको सङ्ख्या घट्दै, लकडाउन खुकुलो पारिँदै
स्पेन र इटलीमा मृतकको सङ्ख्या घट्दै, लकडाउन खुकुलो पारिँदै
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
बिना बेच्नका लागि कस्तुरी पाल्न पाइने
अल्लोले फेरिएको पुनको जीवन
अल्लोले फेरिएको पुनको जीवन
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन

तपाईंले छुटाउनुभयो कि?