५१ देशका ३३९ नागरिक निष्कासित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
१०७ पटक हेरिएको
Shares
५१ देशका ३३९ नागरिक निष्कासित

सारांश

  • नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन्।
  • अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो।
  • गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए।

नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन्। अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो।

गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए। सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन्। चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन्। चीनका १२४, अमेरिकाका २९, बंगलादेशका १९, रसियाका १५ र पाकिस्तानका १४ नागरिक निष्कासनमा परेका छन्। त्यस्तै, बेलायतका १३, क्यानडाका १२, जर्मनीका १०, कोरिया र अस्ट्रेलियाका आठ–आठ, उज्वेकिस्तान, इटाली र इजरायलका ६-६ नागरिक निष्कासनमा परेका छन्।

अध्यागमन विभागका अनुसार फ्रान्सका र स्विट्जरल्यान्डका पाँच–पाँच, नेदरल्यान्ड र डेनमार्कका चार–चार, पेरू र मलेसियाका तीन–तीन नागरिक निष्कासित भएका छन्। ताइवान, न्युजिल्यान्ड, पोर्चुगल, साउदी अरेबिया, पोल्यान्ड र इरानका दुई–दुई नागरिक निकालिएको विभागले जनाएको छ। श्रीलंका, टर्की, युक्रेन, केन्या, बुल्गेरिया, बहराइन, अस्ट्रिया, जापान, इन्डोनेसिया, आइभोरीकोस्ट, स्लोभाकिया, इजिप्ट, भुटान, क्रोएसिया, ट्युनिसिया, सिंगापुर, तान्जानिया, चेक रिपब्लिक, थाइल्यान्ड, माली, स्पेन, लेबनान, फिनल्यान्ड र मेक्सिकोका एक–एकजना नागरिक नेपालबाट निष्कासनमा परेको अध्यागमनले जनाएको छ। अध्यागमनसम्बन्धी अपराध (ओभरस्टे)मा बस्नेहरूलाई दैनिक पाँच डलरका दरले भिसा शुल्क तथा दैनिक दुई सय रुपैयाँका दरले जरिवाना असुलेर अध्यागमन विभागले निष्कासन गर्छ।

५-६ वर्षसम्म अवैध रूपमा बस्दै आएका विदेशीसमेत पक्राउ परेको र जरिवाना गरेर निष्कासन गरिएको विभागले जनाएको छ। विभागका अनुसार ओभरस्टेमा संलग्नलाई एक वर्ष र अन्य अपराधमा संलग्नलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरिएको छ। सस्तो देश भएकाले कतिपय विदेशी नागरिक लुकेर नेपालमा बस्ने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउँछन्।

धेरै देशका नागरिकलाई अनअराइभल भिसा दिने भएकाले पनि आपराधिक गतिविधिमा संलग्न विदेशीहरू लुक्न नेपाल आउने गरेको प्रहरी अधिकारी बताउँछन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा
सरकारले तोक्यो विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको पदीय मर्यादा
युएइका नागरिकसरह नेपालीले उपचार पाउने
युएइका नागरिकसरह नेपालीले उपचार पाउने
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
प्रधानमन्त्री ओलीले यसरी रोपे लिची र एभोकाडो, ‘एक नेपाली एक फलफूलको विरुवा’ अभियान सुरु, फोटो फिचर
युवा संघ आयोजक कमिटी अध्यक्षमा पौडेल
युवा संघ आयोजक कमिटी अध्यक्षमा पौडेल
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’ सार्वजनिक (भिडियोसहित)
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
मनसुन पश्चिमसम्मै, आज दिनभर मौसम बदली हुने
मनसुन पश्चिमसम्मै, आज दिनभर मौसम बदली हुने
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
देशलाई आर्थिक विकासको मार्गमा बढाउन सके गणतन्त्र दिवस मनाउनुको सार्थकता : सभामुख
आजदेखि चैतेदशैं शुरु
आजदेखि चैतेदशैं शुरु
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङ

तपाईंले छुटाउनुभयो कि?