रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३० पटक हेरिएको
Shares
रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !

सारांश

  • रौतहटको बृन्दावन नगरपालिकाको मत गणना स्थलमा झडप भएको छ ।
  • स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको सो नगरपालिकाका कार्यकारी अधिकृत उदय देवकोटाले बताए ।
  • एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए ।

रौतहटको बृन्दावन नगरपालिकाको मत गणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको सो नगरपालिकाका कार्यकारी अधिकृत उदय देवकोटाले बताए ।

एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँधली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपाध्याय घिमिरेले जानकारी दिए ।
झडप एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको स्थानीयले बताएका छन् ।

विवादपछि झडप हुँदा काँग्रेस कार्यकर्ताको कुटाईबाट एमाले वृन्दावन नगरपालिका वडा नं. ६ का उम्मेवदार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनिल पटेलको टाउको फुटेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?