खोइँछ भर्ने विधि गरिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • जनकपुरधाम, १२ असोज  ः बडादशैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् ।
  • नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत ‘खोइँछ’ भर्ने विधि गरिरहेका छन् ।
  • त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने महिलाहरुको परम्परा रहेको छ ।

जनकपुरधाम, १२ असोज  ः बडादशैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् ।

नवरात्र शुरु भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले दुबो अक्षता, फल, बेसारको गिँड, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत ‘खोइँछ’ भर्ने विधि गरिरहेका छन् ।

त्यस्तै सो विधिका सन्दर्भमा भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमा बस्ने र दशमीका दिन ससुराली जाने महिलाहरुको परम्परा रहेको छ ।

पण्डित मिथिलेश ठाकुरका अनुसार यस पटक भगवतीको आगमन डोलामा र प्रस्थान कुखुरामा रहेको छ । डोलामा आगमन र कुखुरामा प्रस्थान रोगब्याधिले जनजीवनलाई प्रतिकूल अवस्था आउन सकिने सूचक मानिन्छ ।

मिथिलाञ्चलको पुरानो परम्परा रहेको यो विधि पूरा गर्न रातिदेखि नै शक्तिपीठ, देवीमन्दिर र देवी प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको छ ।

प्राध्यापक परमेश्वर कापडी खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित भएकाले भगवती दुर्गाको सान्निध्यले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिला खोइँछ भर्ने गरेको बताउनुहुन्छ ।

भगवतीको उपासना मातृपूजा भएकाले यसबाट शारीरिक, मानसिक र आमाको शक्ति जागृतिसँग सम्बन्धित रहेको पनि उहाँ स्पष्ट गर्नुहुन्छ ।

यसैबीच देवी दुर्गाका नवनिर्मित प्रतिमामा आँखा उघार्ने विधिसमेत सम्पन्न गरिएको छ । मिथिलामा माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको सप्तमीका दिन आँखा उघार्ने विधि बेलको पातको डाँठबाट गर्ने चलन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण :  दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने  सिरियल किलर छानबीनमा !
नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण : दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने सिरियल किलर छानबीनमा !
क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु
क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु
सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन
सप्तरीमा पुल भासिदै ,पूर्व-पश्चिम राजमार्गमा वान–वे यातायात मात्र सञ्चालन
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
कुमाले समुदायको माटोका भाँडा बनाउने पेशा संकटमा
देउवाको दाबी : गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयो
देउवाको दाबी : गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयो
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
श्रीमती र दुई वर्षीय छोरालाई ज्युँदै जलाएर मार्ने प्रयास
आलेख: पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे
आलेख: पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे
कांग्रेस खुम्चिएर माइतीघर भन्दा बाहिर आमसभा गर्न-नसक्ने अवस्थामा पुग्छ: प्रधानमन्त्री ओली
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी
दसैंतिहारपछिको पर्व छठ आज धुमधामका साथ मनाइँदै, झिलिमिली काठमाडौंका पोखरी