अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस

सारांश

  • प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले काभ्रेले क्षेत्र नम्बर १ बाट अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
  • आगामी मंसिरमा हुने निर्वाचनका लागि सो क्षेत्रबाट लामाको नाम प्रत्यक्षतर्फ सिफारिस हो ।
  • को हुन् नविना लामा ?

प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमाले काभ्रेले क्षेत्र नम्बर १ बाट अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।आगामी मंसिरमा हुने निर्वाचनका लागि सो क्षेत्रबाट लामाको नाम प्रत्यक्षतर्फ सिफारिस हो ।

को हुन् नविना लामा ?

नविना लामा नेकपा एमालेको प्रभावशाली मानीने जनवर्गीय संगठनको २२ औं अध्यक्ष हुन् । उनी अनेरास्ववियुको महेन्द्र मावि मादनकुँडारीको प्रारम्भिक कमिटीदेखि, जिल्ला कमिटी उपाध्यक्ष, बानेश्वर क्याम्पसको स्ववियु सचिव, सभापति भएर साझा विद्यार्थी फोरममा पनि निर्वाचित नेत्री हुन् ।

उनी अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै दुई कार्यकाल सचिवालय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव समेत भइसकेकी छिन् ।

महासचिव लामा १२ वर्षको उमेरदेखि निरन्तर राजनीतिमा छिन् । काठमाडौंको बानेश्वर क्याम्पसमा उच्च शिक्षा अध्ययन सुरु गरेकी नविना ०६० सालको स्ववियु निर्बाचनमा बानेश्वर क्याम्पसको सचिव पदमा निर्वाचित भइन् । ०६२ को निर्वाचनमा सोही क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित भइन् ।

अनेरास्ववियुको १४ औँ, १५ औं र १६ औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएकी उनले १७ औँ सम्मेलनबाट केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्न पुगिन् । १८ औँ राष्ट्रिय सम्मेलनमा सचिवालय सदस्य निर्वाचित भएकी नविनाले महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् ।

त्यस्तै १९ औं राष्ट्रिय सम्मेलनमा पनि सचिवालय सदस्यमै निर्वाचित भएपछि प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिन् । जनकपुरमा भएको २० औँ राष्ट्रिय सम्मेलनबाट उनी सचिवालय सदस्यबाट उपाध्यक्षको जिम्मेवारीमा पुगिन् ।

काठमाडौँमा सम्पन्न २१ औँ सम्मेलनबाट उनी पार्टी र संगठनको आग्रहमा एक पद घटुवा भएर महासचिवको उम्मेदवार बनेकी थिइन् । र २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?