इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु
सारांश
- काठमाडौँ , २४ असोज इलाम ः चुलाचुली गाउँपालिका–१ बस्ने १९ बर्षीय सन्दिप फागोको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
- फागोलाई गएराति अपरिचित समुहले घाँटी र दाँया हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ ।
- घटनाका शंकास्पद सोही ठाउँ बस्ने २४ बर्षीय सुमन बिष्ट सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ , २४ असोज
इलाम ः चुलाचुली गाउँपालिका–१ बस्ने १९ बर्षीय सन्दिप फागोको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।
फागोलाई गएराति अपरिचित समुहले घाँटी र दाँया हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएको छ । घटनाका शंकास्पद सोही ठाउँ बस्ने २४ बर्षीय सुमन बिष्ट सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिराहा ः कर्जन्हा नगरपालिका–१० प्रयागपुर बस्ने ३६ बर्षीय शशिभुषण साहको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । सोमबार बेलुका घरको भुई तलामा सुतेको अवस्थामा अपरिचित समूहले घाँटीमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया