अपडेट-त्रिशुलीमा बस खस्दा ११ को मृत्यु, १३ जना घाइते ! ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीको अनुमान !
सारांश
- धादिङ : राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
- धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ ।
- शवको पहिचान नसकेको रावतले जानकारी दिए ।
धादिङ : राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। धादिङ प्रहरी प्रमुख धुर्वकुमार रावतका अनुसार चारजना महिला र सात जना पुरुषको शव नदीबाट निकालिएको छ । शवको पहिचान नसकेको रावतले जानकारी दिए । अझै ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
अझै ३० जना बसभित्र हराइरहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
पृथ्वीराजमार्ग अन्र्तगत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा खसेको बस क्रेनबाट निकाल्ने तयारी भएको प्रमुख प्रमुख रावतले जानकारी दिए ।
सप्तरीको राजविराजबाट छुटेको बस बिहान ६ बजे दुर्घटना भएको थियो । बसमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।
प्रतिक्रिया